देशभर थप १६६४ जनामा कोरोना पुष्टि, १७८६ जना डिस्चार्ज


देशभर थप १६६४ जनामा कोरोना पुष्टि, १७८६ जना डिस्चार्ज

नेपालगन्ज १५ भदौ : देशभर थप एक हजार २६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १२ हजार २२२ जनाको पीसिआर र एन्टीजेन परीक्षणमा एक हजार ६४ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार नौ हजार ११७ जनाको पीसिआर परीक्षण गर्दा एक हजार ५२३ र तीन हजार १०५ जनाको एन्टीजेन परीक्षण गर्दा १४१ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै मन्त्रालयका अनुसार मङ्गलबार देशभर थप एक हजार ७८६ जना संक्रमित निको भई डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा २० एक जना संक्रमितको मृत्यु भएको छ ।

Kanti Aarogya Hospital Nepalgunj

देशभर ३५ हजार ५९१ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । तीमध्ये ३३ हजार २१४ होम आइसोलेसनमा रहेका छन् ।

देशभरका संस्थागत आइसोलेसनमा दुई हजार ३७७ संक्रमित छन् भने ५३७ जना आइसियुमा र १६४ जनाको भेन्टिलेटरमा राखि उपचार भईरहेको छ । भने ३२९ जना क्वारेन्टिनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।