नेपालगन्ज १६ भदौ : यही भदौ १८ गते नेपाली काँग्रेसले वडा अधिबेशन गर्दैछ ।
देशभरका छ हजार सात सय ४३ वडामा एकै दिन अधिबेशन गर्ने कार्यतालिका बनाएको काँग्रेसले केही कारणले भदौ १८ मा अधिबेशन गर्न नसके अर्को मिति तोक्ने अधिकार निर्वाचन अधिकृतहरूलाई नै दिएको छ ।
अधिकांश जिल्लामा भदौ १८ मै वडा अधिबेशन हुनेछ । केही वडाहरूमा सर्वसम्मत रूपमा कार्यसमिति बनिसकेका पनि छन् ।
कोरोना महामारीकै बीच पनि नेपाली काँग्रेसले महाधिबेशन अगाडि बढाएको छ । भिडभाड र समाजिक दूरी कायम गर्न आग्रह गरेको काँग्रेसले मास्क अभियान पनि सुरू गरेको छ ।
प्रवक्ता विश्वप्रकाश शर्मा प्रमुख रहेको काँग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागले वडा अधिबेशनको मुखमा भिडिओ जारी गर्दै ‘मास्क लगाऔं न ल’ भन्ने आग्रह गरेको छ ।
प्रवक्ता शर्माले पनि कोरोनाविरूद्ध खोप अभियान जारी रहेको बताएका छन् ।
‘खोप नै कोरोना प्रतिरोध गर्ने अन्तिम विकल्प हो, तर खोप अघि पनि र पछि पनि भेटघाट तथा भिडभाडमा मास्क अनिवार्य लगाऔं,’ शर्माले भनेका छन् ।
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?