नेपालगन्ज १६ भदौ : देशभर थप दुई हजार ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १४ हजार ९३५ जनाको पीसिआर र एन्टीजेन परीक्षणमा दुई हजार ५२ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार १० हजार ६१२ जनाको पीसिआर परीक्षण गर्दा एक हजार ६४८ र चार हजार ३२३ जनाको एन्टीजेन परीक्षण गर्दा ४०४ जनामा संक्रमण पुष्टि भएको हो ।
बुधबार देशभर थप तीन हजार ३० जना संक्रमित निको भई डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा २० एक जना संक्रमितको मृत्यु भएको छ ।
देशभर ३४ हजार १९९ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । तीमध्ये ३१ हजार ८१२ होम आइसोलेसनमा रहेका छन् ।
संस्थागत आइसोलेसनमा दुई हजार ३७७ संक्रमित छन् भने ५६३ जना आइसियुमा र १७०जनाको भेन्टिलेटरमा राखि उपचार भईरहेको छ । भने ३११ जना विभिन्न क्वारेन्टिनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।