सांकेतिक तस्विर
नेपालगन्ज १६ भदौ : कोरोना भाइरस संक्रमण उकालो लागेपछि बन्द भएको सिनेमा हल पुनः सञ्चालनमा आउने भएकाछन् । गत वैशाख पहिलो साताबाट बन्द रहेका काठमाडौं उपत्यकाका सिनेमा हलहरु भोलि (बुधबार) बाट सञ्चालन गर्न दिने निर्णय भएको छ ।
काठमाडौं, भक्तपुर र ललितपुरका तीन प्रमुख जिल्ला अधिकारीको बैठकले हल सञ्चालन गर्न दिने निर्णय गरेको हो । स्वास्थ्य सुरक्षाका मापदण्ड पालन गरेर चलचित्र घरहरुलाई सञ्चालन गर्न दिने निर्णय भएपछि लगभग पलायनको संघारमा रहेका सिनेमा घरले पुनः आफ्नो ब्यवसायीक यात्रा शुरु गर्ने भएकाछन् ।
यसरी खोलिने सिनेमा हलले स्वास्थ्य मापदण्ड पालना गरेको हुनुपर्छ । उक्त मापदण्ड पालना भए नभएको प्रशासनबाट अनुगमन गरिनेछ । दोस्रो चरणको कोरोना महामारी फैलिएसँग वैशाखको पहिलो साताबाट देशभरका हलहरु बन्द भएका थिए । साढे ४ महिनापछि हलहरु सञ्चालनमा आउन लागेका हुन् ।
प्रशासनले हल खोल्न अनुमति दिए पनि कुनै पनि निर्माताले प्रदर्शन मिति तय नगरेकाले केही समय चलचित्र भवनहरुमा चलचित्रको अभाव रहनेछ ।
यता कोरोना भाइरस संक्रमणले थलिएको सिनेमा हल सञ्चालन हुने भएपछि काठमाण्डौ उपत्यका बाहिरका सिनेमा हलहरु पनि सञ्चालन गर्न अनुमति दनुपर्ने आवाज उठेकोछ । यद्यपी देशभर कोरोना भाइरस संक्रमणको जोखिम र यसको संक्रमण दर भने कायमै रहेकोछ ।
रास्वपा सांसदहरूको विवेक सत्ताको बन्धक बन्न सक्दैन
फेरिदैंछ सिमानामा लागुऔषध कारोबारको ‘प्याटर्न’
काँग्रेस १५ औं महाधिवेशन : तयारी कहाँ पुग्यो, के के भयो?
भेरी अस्पतालकाे अध्यक्ष भए विशेषज्ञ डा. सिग्देल
खगेन्द्रले निरन्तर मुद्दा उठान थालेपछि प्रहरी पोशाक प्रकरण अध्ययन गर्न सांसदहरूको समिति
७० सालमा शंकरलाई चुनाव हराए, अहिले आफ्नै पार्टीभित्र आफैले हारे