भदौ ३० गतेदेखि कक्षा १२ को परीक्षा (तालिकासहित)


भदौ ३० गतेदेखि कक्षा १२ को परीक्षा (तालिकासहित)

नेपालगन्ज १६ भदौ : कोरोना भाइरस संक्रमणका कारण पटक–पटक स्थगित हुदै आएको राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा भदौ ३० गतेदेखि सञ्चालन गर्ने भएको छ ।

यसअघि ३१ साउनदेखि तोकिएको परीक्षा कोभिड– १९ को महामारी बढ्न थालेको भन्दै स्थगित गरिएको थियो । बोर्डको निर्णय अनुसार परीक्षा आगामी भदौ ३० गतेदेखि असोज ८ गतेसम्म सञ्चालन हुनेछ ।

राष्ट्रिय परीक्षा बोर्डको बुधबार बसेको बैठकले विद्यार्थीहरुको भौतिक उपस्थितिमै परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।

लामो समयसम्म परीक्षा स्थगित हुदै आएपछि सरकारले कक्षा ११ र १२ का परीक्षार्थीलाई कोरोना भाइरसविरुद्धको खोप दिएर परीक्षा सम्पन्न गर्ने बताएको थियो । सोही अनुसार आगामी भदौ ३० गतेदेखि होम सेन्टरबाट परीक्षा हुनेछ । परीक्षा विहान ११ बजेदेखि सुरु हुनेछ भने दिउँसो २ बजे सकिनेछ ।

Kanti Aarogya Hospital Nepalgunj

साधारणतर्फ संगीत, ललितकला र संस्कृत विषय समुह समेत, प्राविधिक विषय समुहतर्फ नियमित, ग्रेडबृद्धि एवंम आंशिक परीक्षार्थीहरुको वार्षिक परीक्षा सम्बन्धित विद्यालयमै परीक्षा केन्द्र कायम गरि नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड र सामाजिक दूरीको पालना गरि परीक्षा सञ्चालन हुनेछ ।

यस्तो छ आगामी भदौ ३० गतेदेखि सञ्चालन हुने कक्षा १२ को परीक्षा तालिका