नेपालगन्ज १६ भदौ : कोरोना भाइरस संक्रमणका कारण पटक–पटक स्थगित हुदै आएको राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा भदौ ३० गतेदेखि सञ्चालन गर्ने भएको छ ।
यसअघि ३१ साउनदेखि तोकिएको परीक्षा कोभिड– १९ को महामारी बढ्न थालेको भन्दै स्थगित गरिएको थियो । बोर्डको निर्णय अनुसार परीक्षा आगामी भदौ ३० गतेदेखि असोज ८ गतेसम्म सञ्चालन हुनेछ ।
राष्ट्रिय परीक्षा बोर्डको बुधबार बसेको बैठकले विद्यार्थीहरुको भौतिक उपस्थितिमै परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।
लामो समयसम्म परीक्षा स्थगित हुदै आएपछि सरकारले कक्षा ११ र १२ का परीक्षार्थीलाई कोरोना भाइरसविरुद्धको खोप दिएर परीक्षा सम्पन्न गर्ने बताएको थियो । सोही अनुसार आगामी भदौ ३० गतेदेखि होम सेन्टरबाट परीक्षा हुनेछ । परीक्षा विहान ११ बजेदेखि सुरु हुनेछ भने दिउँसो २ बजे सकिनेछ ।
साधारणतर्फ संगीत, ललितकला र संस्कृत विषय समुह समेत, प्राविधिक विषय समुहतर्फ नियमित, ग्रेडबृद्धि एवंम आंशिक परीक्षार्थीहरुको वार्षिक परीक्षा सम्बन्धित विद्यालयमै परीक्षा केन्द्र कायम गरि नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड र सामाजिक दूरीको पालना गरि परीक्षा सञ्चालन हुनेछ ।
यस्तो छ आगामी भदौ ३० गतेदेखि सञ्चालन हुने कक्षा १२ को परीक्षा तालिका

पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?