नेपालगन्ज १७ भदौ : नेपालगन्ज उप–महानगरपालिकाले मनोरञ्जन तथा सत्कार क्षेत्रलाई थप व्यवस्थित बनाउने भएको छ ।
यसका लागि मनोरञ्जन तथा सत्कार सेवा क्षेत्र व्यवस्थापन तथा अनुदानका लागि निर्देशिका निर्माण गर्न लागिएको छ । नेपालगन्ज उप–महानगरपालिका मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण स्थानीय समितिको आयोजनामा बिहीवार निर्देशिकाको प्रारम्भिक मस्यौदामाथी छलफल भएको छ ।
जिल्ला प्रशासन कार्यालय बाँके, अधिकारको क्षेत्रमा कार्यरत संघ संस्था, होटल व्यवसायी संघ, नेपालगन्ज उद्योग वाणिज्य संघका प्रतिनिधी सहितको छलफलमा मस्यौदालाई छिटो भन्दा छिटो अन्तिम रुप दिएर जारी गर्नुपर्नेमा जोड दिइएको छ ।
कार्यक्रममा नेपालगन्ज उप–महानगरपालिकाका उपसचिव शोभा शाह, माईती नेपाल नेपालगन्जका कार्यक्रम संयोजक केशव कोईराला, अधिकारकर्मी कमला पन्त लगायतले सहजिकरण गरेका थिए ।
बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले मनोरञ्जन क्षेत्रमा व्यवस्थित बनाउन जरुरी भएको बताए ।
मनोरञ्जन तथा सत्कार सेवाको रुपमा रहेका डान्स रेष्टुरेन्ट, दोहोरी साझ, मसाज पार्लर, डान्स वार, क्याविन रेष्टुरेन्ट, खाजा घर र होटल ब्यवस्थापन र कार्यरत श्रमिकहरुको हकहितका लागि निर्देशिका ल्याउन लागिएको हो ।
चोलेन्द्रलाई जसले उठाए उनै एसपीले घरमै लगेर छोडिदिए
मर्मतका सामाग्री नेपालगन्जमै थन्किए, हुम्ला २१ दिनदेखि बिजुलीबिहीन
तिनाउमा बगे ५ घर, कालीगण्डकीले २५ घर लग्यो
प्रहरीले किन उठायो चोलेन्द्र समशेरलाई?
हावाहुरी, बर्षा, बाढी र पहिरो : लुम्बिनी प्रदेशको अवस्था कस्तो छ?
लुम्बिनी र कर्णालीसहित देशका सबैजसो मुख्य राजमार्ग-सडकहरू बन्द