नेपालगन्ज १७ भदौ : देशभर दुई हजार ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १४ हजार ६५० जनाको पीसिआर र एन्टीजेन परीक्षणमा दुई हजार ४ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार १० हजार ६५८ जनाको पीसिआर परीक्षण गर्दा एक हजार ६१९ र तीन हजार ९९२ जनाको एन्टीजेन परीक्षण गर्दा ३८५ जनामा संक्रमण पुष्टि भएको हो ।
बिहीबार देशभर थप एक हजार ८४६ जना संक्रमित निको भई डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा १६ एक जना संक्रमितको मृत्यु भएको छ ।
देशभर ३३ हजार ९३४ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । तीमध्ये ३१ हजार ६१९ होम आइसोलेसनमा रहेका छन् ।
संस्थागत आइसोलेसनमा दुई हजार ३२७ संक्रमित छन् भने ५४४ जना आइसियुमा र १६६ जनाको भेन्टिलेटरमा राखि उपचार भईरहेको छ । देशभर ३०२ जना क्वारेन्टिनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?