देशभर थप २००४ जनामा कोरोना संक्रमण पुष्टि


देशभर थप २००४ जनामा कोरोना संक्रमण पुष्टि

नेपालगन्ज १७ भदौ : देशभर दुई हजार ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १४ हजार ६५० जनाको पीसिआर र एन्टीजेन परीक्षणमा दुई हजार ४ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार १० हजार ६५८ जनाको पीसिआर परीक्षण गर्दा एक हजार ६१९ र तीन हजार ९९२ जनाको एन्टीजेन परीक्षण गर्दा ३८५ जनामा संक्रमण पुष्टि भएको हो ।

बिहीबार देशभर थप एक हजार ८४६ जना संक्रमित निको भई डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा १६ एक जना संक्रमितको मृत्यु भएको छ ।

Kanti Aarogya Hospital Nepalgunj

देशभर ३३ हजार ९३४ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । तीमध्ये ३१ हजार ६१९ होम आइसोलेसनमा रहेका छन् ।

संस्थागत आइसोलेसनमा दुई हजार ३२७ संक्रमित छन् भने ५४४ जना आइसियुमा र १६६ जनाको भेन्टिलेटरमा राखि उपचार भईरहेको छ । देशभर ३०२ जना क्वारेन्टिनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।