भेरी अस्पतालमा उपचारका क्रममा सर्पदंशबाट ५ जनाको मृत्यु


भेरी अस्पतालमा उपचारका क्रममा सर्पदंशबाट ५ जनाको मृत्यु

नेपालगन्ज १८ भदौ : बर्खा लागेसंगै तराईका जिल्लामा सर्पदंशका विरामी बढ्ने गर्छन् । मानिसले सावधानी अपनाउन नसक्दा बर्सेनी सर्पदंशका कारण थुप्रै ब्यक्तिको ज्यान जाने गरेकोछ ।

विशेष गरि नेपालको तराई क्षेत्रमा सर्पदंशको घटना बढ्दोछ । सर्पदंशका कारण कतिपयले सही समयमा उपचार नपाउँदा अकालमै ज्यान गुमाउने गर्दछन् । भने कतिपयले झारफुकको पद्धती अपनाउँदा उनीहरुको ज्यान जाने गरेकोछ ।

नेपालको तराई क्षेत्रमा सर्पको विगविगी रहेको हुन्छ । अझ ग्रामीण र दुर्गम क्षेत्रका बासिन्दा सर्पको डसाईको उच्च जोमिमा रहेका हुन्छन् । पश्चिम नेपालको बाँके, बर्दिया, दाङ र सुर्खेत लगायतका क्षेत्रमा समेत सर्पदंशको घटना बढ्दोछ ।

भेरी अस्पतालमा यो वर्षको वर्षात सुरु भएपछि मात्र २ सय ५० जना सर्पले डसेका विरामी उपचार गरिएकोछ । यी मध्ये ३५ जनालाई आईसीयुमा राखेर उपचार गरिएको थियो ।

Kanti Aarogya Hospital Nepalgunj

भेरीमा उपचारको क्रममा आउँदै गर्दा बाटोमा ३ जनाको ज्यान गएको थियो । भने उपचारको क्रममा आईसियुमा १ जना र ईमेरजेन्सीमा १ जना गरी ५ जनाको मृत्यु भईसकेको छ ।

कोरोना भाइरस संक्रमणका कारण गत बैशाख २७ गतेदेखि बाँकेको खजुरामा रहेको सुशील कोईराला प्रखर क्यान्सर अस्पतालमा सर्पदंशका विरामीको उपचार गर्ने व्यवस्था गरिएको थियो । सो अस्पतालमा समेत १ सय २२ जनाको सफल उपचार भई घर फर्केका छन् ।

उपचारको लागि आएका मध्ये २० जना विषालु सर्पले डसेका विरामी रहेको अस्पतालका निर्देशक डाक्टर कृष्णप्रसाद आचार्यले जानकारी दिए ।

उनले अस्पतालमा आएका मध्ये १४ जना करेट सर्पले डसेको, ५ जना गोमन कोब्रा र १ जना रसेल भाइपरले डसेका विरामी रहेका थिए । उपचारको लागि आएका ६ जना विरामीलाई भेन्टीलेटरमा राखेर उपचार गरिएको थियो ।