देशभर थप १७५६ जनामा कोरोना पुष्टि


देशभर थप १७५६ जनामा कोरोना पुष्टि

नेपालगन्ज १८ भदौ : देशभर थप एक हजार ७५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १४ हजार ३३४ जनाको पीसिआर र एन्टीजेन परीक्षणमा एक हजार ७५६ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार नौ हजार ७७३ जनाको पीसिआर परीक्षण गर्दा एक हजार ३५७ र चार हजार ५६१ जनाको एन्टीजेन परीक्षण गर्दा ३९९ जनामा संक्रमण पुष्टि भएको हो ।

Kanti Aarogya Hospital Nepalgunj

शुक्रबार देशभर दुई हजार २७४ जना संक्रमित निको भई डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा २३ एक जना संक्रमितको मृत्यु भएको छ ।

देशभर ३३ हजार ६ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । तीमध्ये ३० हजार ६६२ होम आइसोलेसनमा रहेका छन् । संस्थागत आइसोलेसनमा दुई हजार ३४४ संक्रमित छन् भने ५४० जना आइसियुमा र १५६ जनाको भेन्टिलेटरमा राखि उपचार भईरहेको छ । देशभर २७४ जना क्वारेन्टिनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।