देशभर १२६८ जनामा कोरोना संक्रमण हुदाँ थप ९ जनाको मृत्यु


देशभर १२६८ जनामा कोरोना संक्रमण हुदाँ थप ९ जनाको मृत्यु

नेपालगन्ज १९ भदौ : देशभर थप एक हजार २६८ कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएको ६ हजार ७५३ पीसिआर र ३ हजार १२२ जनाको एन्टीजेन परीक्षणका क्रममा थप एक हजार २६८ जनामा संक्रमण पुष्टि भएको छ ।

यो सँगै देशभर कुल संक्रमितको संख्या ७ लाख ६८ हजार २९५ पुगेको छ । कुल संक्रमितमध्ये ३१ हजार ८२६ सक्रिय संक्रमित छन् । यस्तै पछिल्लो २४ घण्टामा थप २ हजार १९५ जना संक्रमित निको भएका छन् । यो सँगै देशभर निको हुनेको संख्या ७ लाख २५ हजार ६५१ पुगेको छ ।

यसै अवधिमा थप ९ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ८१८ पुगेको छ ।

Kanti Aarogya Hospital Nepalgunj

हाल २९ हजार ६५८ जना होम आइसोलेसन र २ हजार १६८ जना संस्थागत आइसोलेसनमा छन् । २७४ जना क्वारेन्टाइन, ५५४ जना आइसीयू र १७२ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।