नेपालगन्ज १९ भदौ : देशभर थप एक हजार २६८ कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएको ६ हजार ७५३ पीसिआर र ३ हजार १२२ जनाको एन्टीजेन परीक्षणका क्रममा थप एक हजार २६८ जनामा संक्रमण पुष्टि भएको छ ।
यो सँगै देशभर कुल संक्रमितको संख्या ७ लाख ६८ हजार २९५ पुगेको छ । कुल संक्रमितमध्ये ३१ हजार ८२६ सक्रिय संक्रमित छन् । यस्तै पछिल्लो २४ घण्टामा थप २ हजार १९५ जना संक्रमित निको भएका छन् । यो सँगै देशभर निको हुनेको संख्या ७ लाख २५ हजार ६५१ पुगेको छ ।
यसै अवधिमा थप ९ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ८१८ पुगेको छ ।
हाल २९ हजार ६५८ जना होम आइसोलेसन र २ हजार १६८ जना संस्थागत आइसोलेसनमा छन् । २७४ जना क्वारेन्टाइन, ५५४ जना आइसीयू र १७२ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?