देशभर थपिए १५३४ जना संक्रमित


देशभर थपिए १५३४ जना संक्रमित

नेपालगन्ज २० भदौ : देशभर थप एक हजार ५३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको सात हजार ९७१ जनाको पीसिआर र एन्टीजेन परीक्षणमा एक हजार ५३४ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार पाँच हजार १७० जनाको पीसिआर परीक्षण गर्दा ९७६ र दुई हजार ८०१ जनाको एन्टीजेन परीक्षण गर्दा ११३ जनामा संक्रमण पुष्टि भएको हो ।

Kanti Aarogya Hospital Nepalgunj

मन्त्रालयका अनुसार देशभर थप एक हजार ५३४ जना संक्रमित निको भई डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा २० एक जना संक्रमितको मृत्यु भएको छ ।

देशभर ३१ हजार २४८ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । तीमध्ये २९ हजार ८१ होम आइसोलेसनमा रहेका छन् । संस्थागत आइसोलेसनमा दुई हजार १६७ संक्रमित छन् भने ५२३ जना आइसियुमा र १६२ जनाको भेन्टिलेटरमा राखि उपचार भईरहेको छ । देशभर २६६ जना क्वारेन्टिनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।