नेपालगन्ज २० भदौ : नेपालमा कोरोना भाइरस (कोभिड १९) विरुद्धको खोप लगाउनेको संख्या एक करोड नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबारसम्म एक करोड ४ लाख २८ हजार ९४६ जनाले कोभिड खोप लगाएका छन् ।
मन्त्रालयका अनुसार ४८ लाख ९५ हजार १५२ जनाले कोरोना विरुद्धको खोपको पूर्ण मात्रा लगाएका छन् । यस्तै, ५५ लाख ३३ हजार ७९४ जनाले पहिलो मात्रा लगाएका जनाइएको छ ।
यसैबीच सरकारले आगामी दशैंसम्म २ करोड ५ लाख जनतालाई कोरोना विरुद्धको खोप लगाइसक्ने बताएकोछ ।
आईतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित विश्व स्वास्थ्य संगठनको दक्षिणपूर्वी एशियाली राष्ट्रका क्षेत्रीय कार्यकारी समितिको ७४ औं बैठकसम्बन्धी पत्रकार सम्मेलनमा बोल्दै स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले आगामी दशैंसम्म २ करोड ५ लाख जनतालाई कोभिड खोप लगाइसक्ने लक्ष्य लिएको जानकारी दिए ।
राज्यमन्त्री श्रेष्ठका अनुसार उमेरका हिसाबले खोप लगाउन योग्य सबै नागरिकलाई कोरोना विरुद्धको खोप लगाउन ५ करोड ५ लाख डोज आवश्यक पर्छ । चैत मसान्तसम्म सबै नागरिकलाई खोप लगाइसक्ने पूर्वनिर्धारित लक्ष्यअनुसार नै खोपको आपूर्ति भइरहेको राज्यमन्त्री श्रेष्ठको भनाइ छ ।
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?