एक करोड ४ लाख नेपालीले लगाए कोरोना विरुद्धको खोप, दशैंसम्म २ करोड ५ लाखले लगाउने


एक करोड ४ लाख नेपालीले लगाए कोरोना विरुद्धको खोप, दशैंसम्म २ करोड ५ लाखले लगाउने

नेपालगन्ज २० भदौ : नेपालमा कोरोना भाइरस (कोभिड १९) विरुद्धको खोप लगाउनेको संख्या एक करोड नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबारसम्म एक करोड ४ लाख २८ हजार ९४६ जनाले कोभिड खोप लगाएका छन् ।

मन्त्रालयका अनुसार ४८ लाख ९५ हजार १५२ जनाले कोरोना विरुद्धको खोपको पूर्ण मात्रा लगाएका छन् । यस्तै, ५५ लाख ३३ हजार ७९४ जनाले पहिलो मात्रा लगाएका जनाइएको छ ।

यसैबीच सरकारले आगामी दशैंसम्म २ करोड ५ लाख जनतालाई कोरोना विरुद्धको खोप लगाइसक्ने बताएकोछ ।

आईतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित विश्व स्वास्थ्य संगठनको दक्षिणपूर्वी एशियाली राष्ट्रका क्षेत्रीय कार्यकारी समितिको ७४ औं बैठकसम्बन्धी पत्रकार सम्मेलनमा बोल्दै स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले आगामी दशैंसम्म २ करोड ५ लाख जनतालाई कोभिड खोप लगाइसक्ने लक्ष्य लिएको जानकारी दिए ।

Kanti Aarogya Hospital Nepalgunj

राज्यमन्त्री श्रेष्ठका अनुसार उमेरका हिसाबले खोप लगाउन योग्य सबै नागरिकलाई कोरोना विरुद्धको खोप लगाउन ५ करोड ५ लाख डोज आवश्यक पर्छ । चैत मसान्तसम्म सबै नागरिकलाई खोप लगाइसक्ने पूर्वनिर्धारित लक्ष्यअनुसार नै खोपको आपूर्ति भइरहेको राज्यमन्त्री श्रेष्ठको भनाइ छ ।