नेपालगन्ज २१ भदौ : देशभर थप एक हजार ८९७ कोरोना संक्रमित थपिएका छन् । देशभर गरिएको ११ हजार ६०९ पीसिआर र ४ हजार ३७० जनाको एन्टीजेन परीक्षणका क्रममा १ हजार ८९७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यो सँगै कुल संक्रमितको संख्या ७ लाख ७० हजार ७५९ पुगेको छ । कुल संक्रमितमध्ये ३० हजार ९७३ सक्रिय संक्रमित छन् ।
गत २४ घण्टामा एक हजार ७४३ जना संक्रमित निको भएका छन् । यो सँगै देशभर निको हुनेको संख्या ७ लाख २८ हजार ९२८ पुगेको छ ।
उक्त अवधिमा २० जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ८५८ पुगेको छ ।
हाल २८ हजार ९११ जना होम आइसोलेसन र २ हजार ६२ जना संस्थागत आइसोलेसनमा छन् । २६० जना क्वारेन्टिन, ५१२ जना आइसीयू र १६३ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।