नेपालगन्ज २१ भदौ : देशभर थप एक हजार ८९७ कोरोना संक्रमित थपिएका छन् । देशभर गरिएको ११ हजार ६०९ पीसिआर र ४ हजार ३७० जनाको एन्टीजेन परीक्षणका क्रममा १ हजार ८९७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यो सँगै कुल संक्रमितको संख्या ७ लाख ७० हजार ७५९ पुगेको छ । कुल संक्रमितमध्ये ३० हजार ९७३ सक्रिय संक्रमित छन् ।
गत २४ घण्टामा एक हजार ७४३ जना संक्रमित निको भएका छन् । यो सँगै देशभर निको हुनेको संख्या ७ लाख २८ हजार ९२८ पुगेको छ ।
उक्त अवधिमा २० जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ८५८ पुगेको छ ।
हाल २८ हजार ९११ जना होम आइसोलेसन र २ हजार ६२ जना संस्थागत आइसोलेसनमा छन् । २६० जना क्वारेन्टिन, ५१२ जना आइसीयू र १६३ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?