नेपालगन्ज २२ भदौ : पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमित तीन जना महिलाको भेरी अस्पताल नेपालगन्जमा मृत्यु भएकोछ । दाङ, सल्यान र रुकुम पश्चिमका तीन जना महिलाको उपचारका क्रममा मृत्यु भएको हो ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार सल्यान, दर्मा गाउँपालिका वडा नम्बर– ६ की ३० वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । भेरी अस्पतालमा उपचारका क्रममा मंगलबार(आज) बिहान १ बजेर ३० मिनेटमा मृत्यु भएको कोभिड फोकल पर्शन तेज ओलीले जानकारी दिए ।
भेरी अस्पतालमा गत असार १७ गते भर्ना भएकी उनलाई भोलीपल्ट कोरोना पोजेटिभ देखिएको थियो । लामो समयसम्म उपचार गर्दापनि कुनै सुधार नआएपछि उपचारका क्रममा उनको मृत्यु भएको हो ।
यस्तै दाङ, शान्तिनगर गाउँपालिका वडा नम्बर–१ की ५८ वर्षीया महिलाको पनि सोमबार बेलुकी ६ बजेतिर मृत्यु भएको हो । भेरी अस्पतालमा यही भदौं ४ गते पीसिआर परीक्षण गर्दा उनलाई कोरोना पुष्टि भएपछि सोही दिन भर्ना गरिएको थियो । स्वास्थ्यमा कुनै सुधार नआएपछि मृत्यु भएको कोभिड फोकल पर्सन ओलीले बताए ।
यसैगरि रुकुम पश्चिमकी ७६ वर्षिया महिलाको सोमाबर विहान ९ः३० बजे मृत्यु भएको थियो । भेरी अस्पतालमा उपचाररत त्रिवेणी गाउँपालिका वडा नम्बर–६ निवासी ती महिलाको स्वास्थ्यमा समस्या आएपछि यही भदौ १४ गते पीसिआर गरेर त्यही दिन भर्ना भएकी थिइन् । उपचारका क्रममा स्वास्थ्यमा सुधार नभएपछि उनको मृत्यु भएको हो ।
योसँगै बाँकेमा जिल्ला बाहिरबाट उपचारका लागि आएका ४ सय ३ जनाको कोरोना संक्रमितको मृत्यु भएको छ । भने बाँकेका मात्रै ३ सय २९ जनाको अहिलेसम्म मृत्यु भइसकेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेले जनाएकोछ ।
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?