भेरीमा उपचाररत थप ३ संक्रमित महिलाको मृत्यु


भेरीमा उपचाररत थप ३ संक्रमित महिलाको मृत्यु

नेपालगन्ज २२ भदौ : पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमित तीन जना महिलाको भेरी अस्पताल नेपालगन्जमा मृत्यु भएकोछ । दाङ, सल्यान र रुकुम पश्चिमका तीन जना महिलाको उपचारका क्रममा मृत्यु भएको हो ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार सल्यान, दर्मा गाउँपालिका वडा नम्बर– ६ की ३० वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । भेरी अस्पतालमा उपचारका क्रममा मंगलबार(आज) बिहान १ बजेर ३० मिनेटमा मृत्यु भएको कोभिड फोकल पर्शन तेज ओलीले जानकारी दिए ।

भेरी अस्पतालमा गत असार १७ गते भर्ना भएकी उनलाई भोलीपल्ट कोरोना पोजेटिभ देखिएको थियो । लामो समयसम्म उपचार गर्दापनि कुनै सुधार नआएपछि उपचारका क्रममा उनको मृत्यु भएको हो ।
यस्तै दाङ, शान्तिनगर गाउँपालिका वडा नम्बर–१ की ५८ वर्षीया महिलाको पनि सोमबार बेलुकी ६ बजेतिर मृत्यु भएको हो । भेरी अस्पतालमा यही भदौं ४ गते पीसिआर परीक्षण गर्दा उनलाई कोरोना पुष्टि भएपछि सोही दिन भर्ना गरिएको थियो । स्वास्थ्यमा कुनै सुधार नआएपछि मृत्यु भएको कोभिड फोकल पर्सन ओलीले बताए ।

यसैगरि रुकुम पश्चिमकी ७६ वर्षिया महिलाको सोमाबर विहान ९ः३० बजे मृत्यु भएको थियो । भेरी अस्पतालमा उपचाररत त्रिवेणी गाउँपालिका वडा नम्बर–६ निवासी ती महिलाको स्वास्थ्यमा समस्या आएपछि यही भदौ १४ गते पीसिआर गरेर त्यही दिन भर्ना भएकी थिइन् । उपचारका क्रममा स्वास्थ्यमा सुधार नभएपछि उनको मृत्यु भएको हो ।

Kanti Aarogya Hospital Nepalgunj

योसँगै बाँकेमा जिल्ला बाहिरबाट उपचारका लागि आएका ४ सय ३ जनाको कोरोना संक्रमितको मृत्यु भएको छ । भने बाँकेका मात्रै ३ सय २९ जनाको अहिलेसम्म मृत्यु भइसकेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेले जनाएकोछ ।