नेपालगन्ज २२ भदौ : देशभर थप एक हजार ६७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप एक हजार ६७७ जनामा संक्रमण देखिएको हो ।
मन्त्रालयका अनुसार ११ हजार १११ जनाको पीसीआर र तीन हजार ९२३ जनाको एन्टिजेन गरी १५ हजार ३४ जनाको परीक्षण गर्दा एक हजार ६७७ जनामा संक्रमण पुष्टि भएको छ । पीसीआर परीक्षणबाट एक हजार ४२३ र एन्टिजेनबाट २५४ जनामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार सोही अवधिमा थप २१ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । यससँगै नेपालमा कोरोनाका कारण १० हजार ८७९ जनाको मृत्यु भएको हो ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३० हजार ३०३ जना रहेका छन् । जसमध्ये २८ हजार ३१४ जना होम आइसोलेसनमा रहेका छन् भने एक हजार ९८९ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।
कोरोनाका बिरामीमध्ये ५१४ जना आईसीयू र १५४ जना भेन्टिलेटरमा उपचाररत् छन् । यस्तै १० वर्ष मुनिका २७ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १ सय २८ जना कोरोना संक्रमित थपिएका छन् ।
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?