देशभर २१ जना संक्रमितको मृत्यु, १६७७ थपिए


देशभर २१ जना संक्रमितको मृत्यु, १६७७ थपिए

नेपालगन्ज २२ भदौ : देशभर थप एक हजार ६७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप एक हजार ६७७ जनामा संक्रमण देखिएको हो ।

मन्त्रालयका अनुसार ११ हजार १११ जनाको पीसीआर र तीन हजार ९२३ जनाको एन्टिजेन गरी १५ हजार ३४ जनाको परीक्षण गर्दा एक हजार ६७७ जनामा संक्रमण पुष्टि भएको छ । पीसीआर परीक्षणबाट एक हजार ४२३ र एन्टिजेनबाट २५४ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार सोही अवधिमा थप २१ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । यससँगै नेपालमा कोरोनाका कारण १० हजार ८७९ जनाको मृत्यु भएको हो ।

Kanti Aarogya Hospital Nepalgunj

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३० हजार ३०३ जना रहेका छन् । जसमध्ये २८ हजार ३१४ जना होम आइसोलेसनमा रहेका छन् भने एक हजार ९८९ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

कोरोनाका बिरामीमध्ये ५१४ जना आईसीयू र १५४ जना भेन्टिलेटरमा उपचाररत् छन् । यस्तै १० वर्ष मुनिका २७ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १ सय २८ जना कोरोना संक्रमित थपिएका छन् ।