नेपालगन्ज २३ भदौ : देशभर थप एक हजार ६ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशका विभिन्न प्रयोगशालमा गरिएको परीक्षणका क्रममा थप एक हजार ६ सय ४० जनामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार देशभर ९ हजार ७ सय ६७ पीसीआर र ३ हजार ६ सय ८८ जनाको एन्टीजेन गरि कुल १३ हजार ४ सय ५५ जनाको परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेको हो ।
त्यस्तै सोही अवधिमा कोरोना संक्रमणका कारण थप १० जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । भने नेपालमा कुल १० हजार ८८९ जनाको मृत्यु भएको छ ।
मन्त्रालकायका अनुसार नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ७३ हजार ५२९ पुगेको छ । तीमध्ये ७ लाख ३३ हजार १६१ जना संक्रमणमुक्त भएका छन् ।
हाल देशभर सक्रिय संक्रमितको संख्या २९ हजार ४७९ जना रहेका छन् । जसमध्ये २७ हजार ६९० जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार ७८९ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।
कोरोनाका बिरामीमध्ये ४८८ जना आईसीयू र १४० जना भेन्टिलेटरमा उपचाररत् छन् । यस्तै १० वर्ष मुनिका २७ बालबालिकामा कोरोना संक्रमण देखिएको छ भने ११ देखि २० वर्षम उमेर समूहका १२८ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?