नेपालगन्ज २४ भदौ : यही भदौ २७ गते आईतबारदेखि नेपालगन्जका विद्यालयहरु खुल्ने भएका छन् । नेपालगन्ज उपमहानगरपालिका शिक्षा शाखाले भदौ २७ गतेदेखि विद्यालय सञ्चालन गर्न अनुमति दिएको हो ।
विद्यालय सञ्चालन गर्दा सञ्चालकले स्मार्ट लकडाउनको निर्देशिका बमोजिमका मापदण्ड पालना गर्नु पर्नेछ । विद्यालयमा विद्यार्थीलाई सिफ्टमा उपस्थित गराउन निर्देशन दिइएको छ । नेपालगन्ज उपमहानगरपालिकाका शाखा अधिकृत लोकेन्द्रबहादुर शाहीका अनुसार कुल विद्यार्थीको एकतिहाइमात्रै सहभागी गराएर पठनपाठन गराउनु पर्नेछ । एउटा बेञ्चमा दुई जनामात्रै विद्यार्थी राख्नुपर्ने शाहीले बताए ।
गत वैशाख ९ गते निषेधाज्ञा जारी भएपछि नेपालगन्जका विद्यालय बन्द छन् । निषेधाज्ञाले सबै क्षेत्रलाई खुकुलो पारे पनि विद्यालय सञ्चालन गर्न दिएको छैन । यसबीच सरकारले स्मार्ट लकडाउनको अवधारणा अघि सारेर विद्यालय सञ्चालन गर्न अनुमति दिएको छ । लामो समयपश्चात् विद्यालय सञ्चालन गर्न पाउने भएपछि स्कूल सञ्चालकहरु खुशी भएका छन् ।
स्मार्ट लकडाउनले विभिन्न केस अनुसार निर्धारण गरेको नम्बरमा कोहलपुर नगरपालिका मिस्क र नेपालगन्ज उपमहानगरपालिका एल्लोमा परेका छन् । अरु ६ वटा पालिका ग्रिन जोनमा परेका छन् । बाँकेमा रेड जोनमा पर्ने कुनै पालिका छैन ।
यसअघि बाँकेकै खजुरा गाउँपालिकाले भदौ २१ गतेदेखि नै सिफ्ट प्रणाली लागु गरि विद्यालय सञ्चालन गरिसकेको छ । भने आगामी भदौ २७ गते आईतबारदेखि राप्तीसोनारी गाउँपालिकाको विद्यालय सञ्चालनको तयारी समेत गरिएकोछ ।
यसैबीच, राष्ट्रिय अभिभावक महासङ्घले देशभर कोरोना भाइरस संक्रमणको जोखिम कायमै रहेकाले विद्यालय खोल्न हतारो नगर्न आग्रह गरेको छ ।
महासङ्घका अध्यक्ष सुप्रभात भण्डारीले शहरी क्षेत्रमा जोखिम कायम रहेको, महत्वपूर्ण चाडपर्व आउन लागेको, सबैले खोप नलगाएको र बालबालिका प्रभावित हुने गरी तेस्रो लहर आउन सक्ने भएकाले तत्काल विद्यालय खोल्न नहुने सुझाव सरोकार भएकाहरुको बैठकमा दिइएको बताए ।
भौतिकरूपमा विद्यालय बन्द हुँदा हाल सञ्चार तथा सूचना प्रविधिको सहयोगमा वैकल्पिक माध्यमबाट सिकाइ निरन्तरता दिइएको छ ।
‘जुवाखाल’ मेटाउन सुर्खेत प्रहरीको रणनीतिक अपरेशन, एकैरात पक्राउ परेका यी हुन ५५ जुवाडेहरू
सोमबार, कात्तिक २३, २०८३
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
सोमबार, कात्तिक २३, २०८३
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
सोमबार, कात्तिक २३, २०८३
‘जुवाखाल’ मेटाउन सुर्खेत प्रहरीको रणनीतिक अपरेशन, एकैरात पक्राउ परेका यी हुन ५५ जुवाडेहरू
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
भारतको बजारमा आगो दन्कियो, धनगढी उपमहानगरका दकमल पुगेर निभाए
आप्रवासन रोक्न माग गर्दै अष्ट्रेलियामा प्रदर्शन सुरु
डोल्पा जेल ब्रेक : भागेर जंगलमा बसेका दुई कैदीहरू, अब दुई जना बाँकी