बागेश्वरीमा कोरोनालाई च्यालेन्ज दिदैँ तीज विशेष कार्यक्रम


बागेश्वरीमा कोरोनालाई च्यालेन्ज दिदैँ तीज विशेष कार्यक्रम

नेपालगन्ज २४ भदौ : नेपालगन्ज स्थित बागेश्वरी मन्दिर प्राङ्गणमा कोरोनालाई च्यालेन्ज दिदैँ तीज विशेष कार्यक्रम भएकोछ । कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सरकारले चाडपर्व मनाउँदा भीडभाड नगर्न भने पनि नेपालगन्ज स्थित बागेश्वरी मन्दिर प्राङ्गणमा यो लागु भएको छैन ।

स्थानीय माता बागेश्वरी युवा क्लबले आयोजना गरेको तीज विशेष कार्यक्रमले कोरोनालाई च्यालेन्ज गरेको छ भने प्रशासनको निर्देशन ठाडो उल्लङ्घन गरिएकोछ ।

कोरोना भाइरस संक्रमणको उच्च जोखिमकाबीच प्रशासन र कोरोनालाई चुनौती दिदै बागेश्वरी मन्दिरको पूर्वपट्टि रहेको पार्कमा तीज विशेष कार्यक्रममा सहभागी दृष्यले यो पुष्टि गरेकोछ ।

कोरोना भाइरस संक्रमणको जोखिम र स्थानीय प्रशासनको आदेशलाई अवेज्ञा गर्दै बागेश्वरी मन्दिर प्राङ्गणमा आयोजित तीज विषेश कार्यक्रममा यतिबेला सर्वसाधरणको घुँइचो लागेकोछ । त्यो भीड नियन्त्रणभन्दा बाहिर पुगेकोछ ।

Kids Festival 2022
kanti aarogya hospital

मन्दिर आएका व्रतालुहरुको तीज विशेष कार्यक्रममा उपस्थिती बाक्लिदोँछ । कार्यक्रम स्थल छेउमै रहेका सुरक्षाकर्मी भने मुकदर्शक बनेकाछन् ।

यसरी कोरोना भाइरस संक्रमणको जोखिमकैबीच आयोजित तीज विशेष कार्यक्रममा सहभागिहरुले न त सामाजिक दूरी कायम गरेकाछन् न त उनीहरुले माक्स समेत लगाएका छन् ।

माक्स, सामाजिक दूरी बिनै बागेश्वरी मन्दिर प्राङ्गणमा सहभागिहरुले कोरोनालाई निम्त्याइरहेकाछन् । विज्ञले कोरोना संक्रमणको अवस्था नेपालमा स्थिर नै रहेतापनि चाडपर्वको सिजन नजिकिएसँगै कोरोना संक्रमणको अवस्था ह्वात्तै बढ्न सक्ने आकलन गर्दै सावधानी अपनाउन आग्रह समेत गरेका छन् । तर, चाडपर्वमा जनस्वास्थ्यका मापदण्ड पालना नगरि बाँके प्रशासन र कोरोनालाई च्यालेन्ज गरि आयोजित तीज विशेष कार्यक्रमले अब बाँकेमा कोरोना संक्रमण दर बढ्ने आँकलन गरिएकोछ ।

यता बागेश्वरी मन्दिर प्राङ्गणमा तीज विशेष कार्यक्रम सञ्चालन गर्न प्रशासनले अनुमति नदिएको बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बताए ।

सेतोखरीसंग कुरा गर्दै प्रमुख जिल्ला अधिकारी गेलालले भने–‘भदौ १८ गतेको निर्णयले सबै कुरा प्रष्ट पारेकोछ । हामीले चाडपर्व मनाउन भीडभाड नगर्न र स्वास्थ्य सम्बन्धिको मापदण्ड पालना गर्न आग्रह गरेका छौं ।’ उनले अगाडी थपे–‘जिल्लाको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै मैले जिल्लाका बढि भीडभाड हुने स्थानमा निगरानी बढाई ब्यवस्थापन गर्न सुरक्षा निकायलाई निर्देशन दिइसकेको छु ।’