नेपालगन्ज २६ भदौ : देशभर थप ९९४ जना ब्यक्तिमा कोरोना संक्रमण पुष्टि भएकोछ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर गरिएको परीक्षणमा ९९४ जनामा संक्रमण पुष्टि भएकोछ ।
मन्त्रालयले दिएको जानकारी अनुसार देशका विभिन्न प्रयोगशालाहरुमा गरिएको ६ हजार १३७ जनाको पीसीआर र ३ हजार ७०३ जनाको एन्टीजेन गरी ९ हजार ८४० जनामा गरिएको परीक्षणका क्रममा ९९४ जनामा संक्रमण पुष्टि भएको हो ।
यही अवधिमा देशका विभिन्न भागमा थप १२ जना कोरोना संक्रमितको मृत्यु भएकोछ । भने पछिल्लो २४ घण्टामा देशभर १ हजार ३६८ जना संक्रमित कोरोना संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयका अनुसार देशभर हाल २७ हजार ३५५ जना सक्रिय संक्रमित रहेका छन् । भने हालसम्म निको हुनेको संख्या ७ लाख ३८ हजार ३४ पुगेको छ ।
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?