नेपालगन्ज २६ भदौ : देशभर थप ९९४ जना ब्यक्तिमा कोरोना संक्रमण पुष्टि भएकोछ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर गरिएको परीक्षणमा ९९४ जनामा संक्रमण पुष्टि भएकोछ ।
मन्त्रालयले दिएको जानकारी अनुसार देशका विभिन्न प्रयोगशालाहरुमा गरिएको ६ हजार १३७ जनाको पीसीआर र ३ हजार ७०३ जनाको एन्टीजेन गरी ९ हजार ८४० जनामा गरिएको परीक्षणका क्रममा ९९४ जनामा संक्रमण पुष्टि भएको हो ।
यही अवधिमा देशका विभिन्न भागमा थप १२ जना कोरोना संक्रमितको मृत्यु भएकोछ । भने पछिल्लो २४ घण्टामा देशभर १ हजार ३६८ जना संक्रमित कोरोना संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयका अनुसार देशभर हाल २७ हजार ३५५ जना सक्रिय संक्रमित रहेका छन् । भने हालसम्म निको हुनेको संख्या ७ लाख ३८ हजार ३४ पुगेको छ ।