कोरोना अपडेट : १४८६ जना थपिँदा १६ जनाको मृत्यु


कोरोना अपडेट : १४८६ जना थपिँदा १६ जनाको मृत्यु

नेपालगन्ज २८ भदौ : देशभर थप एक हजार ४८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि पछिल्लो तीन दिनसम्म लगातार एक हजार भन्दा कम दरमा दिनहुँ संक्रमित थपिदै गएका थिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १६ हजार ५३९ जनाको पीसिआर र एन्टीजेन परीक्षणमा एक हजार ४८६ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार १२ हजार ५३२ जनाको पीसिआर परीक्षण गर्दा एक हजार १४९ र चार हजार ७ जनाको एन्टीजेन परीक्षण गर्दा ३३७ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै देशभर एक हजार २६० जना संक्रमित निको भई डिस्चार्ज भएका छन् । भने पछिल्लो २४ घण्टामा थप १६ जना संक्रमितको मृत्यु भएको छ ।

Kids Festival 2022
kanti aarogya hospital
add

देशभर २६ हजार ६३० जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । तीमध्ये २४ हजार ९५८ होम आइसोलेसनमा रहेका छन् । संस्थागत आइसोलेसनमा एक हजार ६७२ संक्रमित छन् भने ४७५ जना आइसियुमा र १३४ जनाको भेन्टिलेटरमा राखि उपचार भईरहेको छ । देशभर २६२ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।