एकैदिन ८ ग्राम ब्राउन सुगरसहित ४ जना पक्राउ


एकैदिन ८ ग्राम ब्राउन सुगरसहित ४ जना पक्राउ

नेपालगन्ज २८ भदौ : बाँके प्रहरीले एकैदिन ८ ग्राम ब्राउन सुगरसहित ४ जनालाई नियन्त्रणमा लिएकोछ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसा यसरी पक्राउ पर्नेमा नेपालगन्जसहित दाङ, बर्दिया र रुकुमका ४ जना रहेकाछन् । उनीहरुलाई छुट्टाछुट्टै स्थान र समयमा नियन्त्रणमा लिइएको बाँके प्रहरीले जनाएकोछ ।

बाँके प्रहरीका अनुसार नेपालगन्जको जमुनाहबाट २ जनालाई ६ ग्राम र नेपालगन्जबाट २ जनालाई २ ग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिइएको हो । प्रहरी नियन्त्रणमा रहेका उनीहरुमाथि थप अनुसन्धान प्रकृया अघि बढाइएकोछ ।

एकैदिन ठूलो मात्रामा ब्राउन सुगर सहित उनीहरु पक्राउ परेपछि बाँकेमा जारी निषेधाज्ञा खुकुलो बनाएसंगै लागुऔषध ओसारपसारमा गिरोह तथा प्रयोगकर्ताको सक्रियता बढेको देखाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार नेपालगन्जको जमुनाहबाट पक्राउ पर्नेमा लमही नगरपालिका–५ का २५ वर्षीय तिमशी रानामगर र गढवा गाउँपालिका–६ का २५ वर्षकै करण मल्ल रहेका छन् ।

Kids Festival 2022
kanti aarogya hospital
add

सीमावर्ती बजार रुपैडिहाबाट नेपाल प्रवेश गर्दै गरेका उनीहरुलाई लागुऔषध व्यूरो र जमुनाह प्रहरीको टोलीले चेकजाँच गर्नेक्रममा तिमशीले लगाएको ट्राउजरको पछाडीको दाहिने खल्तीमा कालो प्लाष्टिकमा बेरेको ६ ग्राम ब्राउन सुगर फेला परेको हो ।

उनीहरुलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको छ ।

यस्तै नेपालगन्ज उपमहानगरपालिका–७ का २८ वर्षीय रोमन भनिने सलमान राई र त्रिबेणी गाउँपालिका–१ रुकुमका २८ वर्षकै सम्राट खत्रीलाई २ ग्राम ब्राउन सुगर सहित प्रहरीले पक्राउ गरेको हो ।
नेपालगन्जमा शंकास्पद गतिविधि गरिरहेका उनीहरुलाई रोकी चेकजाँच गर्नेक्रममा २ ग्राम ब्राउन सुगर सहित प्रहरी नियन्त्रणमा परेका हुन् ।

बाँकेमा लागुऔषध निस्तेज पार्न बाँके प्रहरी र लागुऔषध नियन्त्रण ब्यूरोका टोली परिचालित छ । जिल्लामा लागुऔषध नियन्त्रण तथा न्यूनिकरणका लागि समुदायसंग सहकार्य गर्दै विभिन्न गतिविधि सञ्चालन गरिरहेता पनि बाँकेमा लागुऔषध ओसारपसार, बेचविखन र प्रयोगमा अपेक्षित सुधार हुन सकेको छैन ।