शिशु मृत्यु प्रकरण छानविन समितिको निश्कर्ष : भेरी अस्पतालका स्वास्थ्यकर्मीले लापरबाही गरे


शिशु मृत्यु प्रकरण छानविन समितिको निश्कर्ष : भेरी अस्पतालका स्वास्थ्यकर्मीले लापरबाही गरे

नेपालगन्ज २८ भदौ : भेरी अस्पतालमा नवजात शिशु मृत्यु प्रकरण छानविनका लागि गठित समितिले अस्पतालका स्वास्थ्यकर्मीकै कारण लापरबाही भएको निश्कर्षमा निकालेकोछ ।

गत भदौ ९ गते भेरी अस्पतालबाट नवजात शिशुको शव बुझेर लगेका बाँकेको खजुरा गाउँपालिका वडा नम्बर–६, सिमलघारीका गोविन्द विकले शव गाड्नेक्रममा शिशुको हातमा दुईवटा बच्चाको आमाको नाम पाएपछि तनाव सिर्जना भएको थियो ।

अस्पताल प्रशासन, जिल्ला प्रशासन, अधिकारबादी र पीडित परिवारबीच भएको सहमतिपश्चात गठित छानबिन समितिले भेरी अस्पतालका स्वास्थ्य कर्मचारीको लापरबाही भएको निश्कर्ष निकाल्दै सोमबार बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई प्रतिवेदन बुझाएको छ ।

एउटा हातमा चन्द्रा र अर्को हातमा गीता थारुको ट्याग देखिएपछि उनीहरुले शव भेरी अस्पतालमै फर्काएर आन्दोलन सुरु गरेका थिए । त्यसपछि घटनाबारे छानविन गर्न समिति बनाउने, शिशुको डिएनए परीक्षण गर्ने लगायतका बिषयमा सहमति भएपछि पीडितका आफन्तहरुले आन्दोलन रोकेका थिए ।

Kids Festival 2022
kanti aarogya hospital
add

छानविन समितिले स्वास्थ्यकर्मीले लापरवाही गरेको निष्कर्षसहितको प्रतिवेदन प्रमुख जिल्ला अधिकारी गेलाललाई बुझाउँदै यस्ता गल्ती नदोहोर्याउन अस्पताल प्रशासन तथा स्वास्थ्यकर्मीलाई सचेत बनाएको छ । भने एनआइसीयूमा एउटा बिरामी बच्चाका साथ एउटा स्वास्थ्यकर्मी खटाउन पनि निर्देशन दिएको छ ।

समितिले बिरामीलाई गर्नुपर्ने व्यवहार समेत स्वास्थ्यकर्मीबाट हुन नसकेको भन्दै त्यसलाई सुधार्न पनि भनेको समितिका सदस्य बसन्त गौतमले जानकारी दिए । बालरोग बिशेषज्ञ डाक्टर रोमा बोराको नेतृत्वमा छानविन समितिले दुई हप्ता लगाएर उक्त प्रतिवेदन बुझाएको हो ।