नेपालगन्ज २९ भदौ : देशभर थप एक हजार ५६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १४ हजार ४४३ जनाको पीसिआर र एन्टीजेन परीक्षणमा एक हजार ५६२ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार १० हजार २६६ जनाको पीसिआर परीक्षण गर्दा एक हजार १८० र चार हजार १७७ जनाको एन्टीजेन परीक्षण गर्दा ३८२ जनामा संक्रमण पुष्टि भएको हो ।
देशभर थप एक हजार ५८९ जना संक्रमित निको भई डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा १९ जना संक्रमितको मृत्यु भएको छ ।
देशभर २६ हजार २०२ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । तीमध्ये २४ हजार ६९० होम आइसोलेसनमा रहेका छन् । संस्थागत आइसोलेसनमा एक हजार ५१२ संक्रमित छन् भने ४५३ जना आइसियुमा र १३७ जनाको भेन्टिलेटरमा राखि उपचार भईरहेको छ । देशभर २२३ जना क्वारेन्टिनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
च्याउ टिप्न जंगल गएका थिए कृष्ण, बाघले लग्यो ज्यान
‘बुद्ध सर्किट’मा नेपाल-भारत व्यावसायिक समझदारी
हिम्लुङ हिमपहिरो-१५ जनाको शव भेटियो, अझै एकजना वेत्तपा
एक किलो सुनका गहना लिएर आउँदै थिइन्, रुपन्देहीमा पक्राउ परिन्
बर्दिया र कैलालीका उखु किसाउन कहिले पाउँछन्, पौने ३ करोड?
छुरा प्रहारबाट घाइते भए तर १७४ यात्रुको ज्यान जोगाए, अहिले विश्वभरि ‘हिरो’ भए यी पाइटल