नेपालगन्ज २९ भदौ : वरिष्ठ साहीत्यकार सनत रेग्मीको ७५ औं जन्मदिन भव्यताका साथ मनाइने भएको छ ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर– ७ निवासी बरिष्ठ कथाकार रेग्मी असोज ६ गते ७५ औं वर्ष प्रवेश गर्दैछन् । जन्मोत्सवका अवसरमा बाँकेका साहित्यिक संघ संस्थाहरुकातर्फबाट रेग्मीलाई सार्वजनिक अभिनन्दन गरिदैँछ भने उनको सनत– ७५ (रोजा कथाहरु) कृति पनि विमोचन गरिदैँछ ।
रेग्मीका ‘लछमनियाको गौना’ लगायत ९ वटा साहित्यिक कृति प्रकाशित छन् । यस्तै सोही समारोहमा बाँकेका विशिष्ट स्रष्टाहरुलाई दीर्घ साधना सम्मान पनि गरिन लागिएको छ ।
बाँकेका प्रमुख साहित्यिक संस्थाहरु भेरी साहित्य समाज केन्द्रीय समिति, मध्यपश्चिम स्रष्टा समाज, हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान, विश्व नेपाली साहित्य महासंघ लुम्बिनी प्रदेश शाखा, कल्पना फाउण्डेशन नेपालद्वारा संयुक्त रुपमा आयोजना हुने ‘सनत रेग्मीः अमृतोत्सवमा’ रेग्मीलाई सार्वजनिक अभिनन्दन सहित बाँकेका ७० वर्ष माथिका १० जना स्रष्टालाई दीर्घ साधना सम्मान गरिने भएको हो ।
साहित्य, कला लगायत विभिन्न विधामा उल्लेखनीय योगदान पु¥याएका कृष्णजंग शाह, बब्रुवाहन सिंह, आशाराम मौर्य, सचिदानन्द चौवे, अब्दुल लतिफ शौक, भुपेन्द्र प्रकाश शर्मा, सृजन लम्साल, गणेश जीसी, विष्णुलाल कुमाल र दिवाकर शर्मालाई दीर्घ साधना सम्मान गरिदैँछ ।
अब राहत होइन, नेपालले जलवायु क्षतिपूर्ति माग्नुपर्छ : मनिष झा
नेपालको ‘विपद ब्रिफिङ’ गर्न प्रधानमन्त्री आफै राष्ट्रसंघ जाने
भदौ २२मा राष्ट्रिय शोक, २३ गते ‘जेनजी सहीद दिवस’, सरकारले अरु के निर्णय गर्यो?
आफ्नै सरकारलाई रास्वपाले भन्यो, खोज र उद्धारलाई अझै प्रभावकारी बनाऊ
कृष्णभीर: त्यो बेला पहिरो खस्थ्यो, यसपालि बाटो नै खस्यो
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही