नेपालगन्ज ३० भदौ: देशभर एक हजार ७६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १६ हजार ८४४ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा एक हजार ७६० जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार १२ हजार ५२४ जनाको पिअिसार परीक्षण गर्दा एक हजार ३३२ र चार हजार ३२० जनाको एन्टीजेन परीक्षण गर्दा ४२८ जनामा संक्रमण पुष्टि भएको हो ।
देशभर एक हजार २२० जना संक्रमित निको भई डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा ७ जना संक्रमितको मृत्यु भएको छ ।
देशभर २६ हजार २०२ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । तीमध्ये २४ हजार ६७९ होम आइसोलेसनमा रहेका छन् । संस्थागत आइसोलेसनमा एक हजार ६२४ संक्रमित छन् भने ४०७ जना आइसियुमा र १२९ जनाको भेन्टिलेटरमा राखि उपचार भईरहेको छ । देशभर २१८ जना क्वारेन्टिनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?