कोभिडबाट ज्यान गुमाउनेका परिवारलाई एक लाख प्रदान


कोभिडबाट ज्यान गुमाउनेका परिवारलाई एक लाख प्रदान

राप्तीसोनारी ३० भदौ : कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाएका ब्यक्तिको परिवारलाई राहत स्वरुप प्रति ब्यक्ति एक लाख प्रदान गरिएकोछ ।

राप्तीसोनारी गाउँपालिकाले कोरोना भाइरस संक्रमित भइ मृत्यु भएका ब्यक्तिको परिवारलाई बुधबार गाउँपालिकामा एक कार्यक्रममको आयोजना गरि राहत स्वरुप उक्त रकम प्रदान गरेको हो ।

गाउँपालिकामा स्थायीबासी रहेका कोभिडबाट ज्यान गुमाउने २३ जना मृतक परिवारलाई प्रतिब्यक्ति एक लाख रुपैयाँको चेक गाउँपालिका अध्यक्ष लाहुराम थारुले हस्तान्तरण गरे ।

कोभिडबाट मृत्यु भएका पीडित परिवारलाई राहत स्वरुप एक लाख रुपैयाँको चेक हस्तान्तरणपछि बोल्दै गाउँपालिका अध्यक्ष थारुले पीडितको दुःखमा गाउँपालिका छ र मृतकका परिवारको जीविकोपार्जन तथा बालबच्चाको शिक्षाका लागि भन्दै सहयोग गरेको बताए ।

Kids Festival 2022
kanti aarogya hospital
add

उनले भने–‘यही भदौ २७ गतेको बोर्ड निर्णयले पहिलो र दोस्रो कोभिड लहरमा संक्रमित भइ ज्यान गुमाउने ब्यक्तिको परिवारलाई राहत दिइएको हो । मृतकका परिवारलाई केही भएपनि राहत प्रदान गर्छ । यसको सदुपयोग गर्नुहोला ।’

गाउँपालिका अध्यक्ष थारुले गाउँपालिका सदैब जनतासंगै रहेकाले दुर्घटना तथा प्राकृतिक विपद्बाट ज्यान गुमाउने ब्यक्तिको परिवारलाई प्रतिब्यक्ति २० हजार रुपैयाँ क्रिया खर्च स्वरुप प्रदान गर्दै आइरहेको समेत बताए । उनले कोभिडबाट ज्यान गुमाएका ब्यक्तिको परिवारलाई समेत प्रतिब्यक्ति २० हजार रुपैयाँ प्रदान गरिसकेको बताए ।

यस्तै उक्त राहत वितरणमा बोल्दै गाउँपालिकाकी उपप्रमुख धनिकुमारी खत्रीले ‘यो राहतले पीडित परिवारको घाउमा अलिकति भएपनि मल्हम लगाउने काम गरेकोछ ।’ उनले अगाडी थपिन्–‘कालका अगाडी कोही जेठो–कान्छो हुदैँन । यो रकमको सदुपयोग गर्नुहोला ।’

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर शाहीले कोभिडबाट ज्यान गुमाएका ब्यक्तिको परिवारलाई राहत स्वरुप एक लाख रुपैयाँ प्रदान गर्ने योजना गाउँपालिकाले आफ्नो नीति तथा कार्यक्रममा समाबेश गरिएको कार्यक्रम भएको बताउँदै यो रकमले मृतकका परिवालाई आयस्रोतमा सहयोग गर्ने अपेक्षा ब्यक्त गरे ।

गाउँपालिकाका अनुसार कोरोना भाइरस संक्रमणको पहिलो र दोस्रो लहरमा गाउँपालिकाका २३ जनाले ज्यान गुमाएका छन् । कोभिडका कारण मृत्यु भएका ब्यक्तिको परिवारलाई राहत स्वरुप यति ठूलो रकम प्रदान गर्ने राप्तीसोनारी बाँकेकै पहिलो पालिका हो ।

यसैबीच, राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष थारुले ‘बरफानी बाबा’ मन्दिरको समग्र विकास गर्ने बताएका छन् । बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर–४ को सीमानामा रहेको बरफानी बाबा मन्दिरमा शिव मन्दिरको शिलान्यास गरिएको अध्यक्ष थारुले बताए ।

उनले भने –‘शिव मन्दिर निर्माणका लागि पालिकाले १५ लाख विनियोजन गरि काम अघि बढाएकोछ । बरफानी बाबा मन्दिर पुग्न सहज बाटो निर्माणका लागि समेत १० लाख रुपैयाँ निकासी भइसकेकोछ ।’

सो क्षेत्रको पर्यटन प्रर्बद्धनका लागि तदारुक्ता देखाएका गाउँपालिका अध्यक्ष थारुले मन्दिरमा धर्मशाला, शौचालयजस्ता पूर्वाधार निर्माणको कार्य अगाडी बढाई आवश्यक सबै पूर्वाधारको निर्माण गरिने बताए ।