कोरोनाबाट देशभर थप ११ जनाको मृत्यु


कोरोनाबाट देशभर थप ११ जनाको मृत्यु

नेपालगन्ज ३१ भदौ : देशभर थप एक हजार ५११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १५ हजार १७९ जनाको पीसिआर र एन्टीजेन परीक्षणमा एक हजार ७६० जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार ११ हजार २०८ जनाको पीसिआर परीक्षण गर्दा एक हजार १६५ र तीन हजार ९७१ जनाको एन्टीजेन परीक्षण गर्दा ३४६ जनामा संक्रमण पुष्टि भएको हो ।

Kids Festival 2022
kanti aarogya hospital

देशभर एक हजार ६८९ जना संक्रमित निको भई डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा ११ एक जना संक्रमितको मृत्यु भएको छ ।

देशभर २५ हजार ७७२ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । तीमध्ये २४ हजार २२२ होम आइसोलेसनमा रहेका छन् । संस्थागत आइसोलेसनमा एक हजार ५५० संक्रमित छन् भने ४०७ जना आइसियुमा र १२८ जनाको भेन्टिलेटरमा राखि उपचार भईरहेको छ । देशभर २२० जना क्वारेन्टिनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।