खाली भए भेरी अस्पतालका सटर, भाडा बुझाउन ६ महिना म्याद


खाली भए भेरी अस्पतालका सटर, भाडा बुझाउन ६ महिना म्याद

File Photo

नेपालगन्ज ३१ भदौ : अन्ततः भेरी अस्पतालका सटरहरु खाली गरिएकोछ । व्यवसायिक प्रयोजनका लागि दिइएको ती सटरहरु अस्पताल विकास समितिको अग्रसरतामा खाली गरिएको हो ।

भेरी अस्तपालका सटरहरु खाली भएसंगै अब सो सटर भएका भवन भत्काएर त्यहाँ पर्खाल लगाइनेछ । व्यवसायिक प्रयोजनका लागि अस्पतालका ३४ वटा सटरहरु भाडामा दिइएको थियो । ती सटरमा मेडिकल स्टोर, ल्याव, होटल तथा किराना पसल सञ्चालन हुदैँ आएका थिए ।

अस्पतालका ती सटरको मासिक भाडा न्यूनतम १० हजारदेखि एक लाखसम्म रहेको थियो । सटर खाली गर्ने विषय अघि बढेपछि व्यवसायी र अस्पतालबीच विवाद समेत चुलिदैँ गएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत वर्ष भेरी अस्पताललाई विशिष्टिकृत अस्पतालको रुपमा घोषणा गरेपछि अस्पताल विकास समितिलाई सटर खाली गराउन दबाब सिर्जना भयो । यही कारण समितिले बल प्रयोग गरि बिहीबार अटेरी गर्ने सटर खाली गरायो ।

Kids Festival 2022
kanti aarogya hospital

भेरी अस्पताल विकास समितिका सदस्य तथा भौतिक पूर्वाधार एवम सम्पत्ती संरक्षण समितिका संयोजक समेत रहेका कृष्णप्रसाद श्रेष्ठले लामो प्रयास र भाडामा लिएका ब्यवसायीबीच भएको सहमतिले सटर खाली गराउन सफल भएको बताए ।

उनले भने–‘तत्कालिन भेरी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर श्यामसुन्दर यादवको पालादेखि नै अस्पतालका सटर खाली गर्ने प्रयास भएपनि समितिको पहलले यो सम्भव भयो ।’ संयोजक श्रेष्ठले अगाडी थपे–‘२०६५ सालदेखि प्रयास भएको काम आज सम्पन्न भयो । केही असन्तुष्ट ब्यवसायीले अबरोध समेत पु¥याउँदै आएका थिए । पटक–पटक लिखित, मौखिक रुपमा आग्रह गरेपनि नमानेपछि खाली गराउन समितिले बल प्रयोग ग¥यो ।’

‘रेडक्रस मातहतका सबै सटरमा विवाद थियो । त्यहाँका सटरहरु हामीसंग नभई हामीबाट भाडामा लिएकासंग उहाँहरुले भाडामा लिनुभएको थियो । उहाँहरु नै मर्कामा पर्नुभयो ।’

श्रेष्ठले भने–‘सटर भाडामा लिएका ब्यवसायीप्रति समिति सकारात्मक छ । र, यो समितिको नयाँ काम नभइ मन्त्रालयले नै अस्पतालक्षेत्रभित्र व्यवसायजन्य काम गर्न नपाउने नीति लिएपछि त्यसको कार्यान्व्यन मात्र गरिएको हो ।’

बिहीबार अस्पतालका सटरहरु खाली गराउने क्रममा समितिले बल प्रयोग गरेपछि समिति र सटर व्यवसायीबीच सहमति भएको समितिका सदस्य तथा भौतिक पूर्वाधार एवम सम्पत्ती संरक्षण समितिका संयोजक श्रेष्ठले भने–‘भाडा बुझाउन बाँकी रहेका ब्यवसायीलाई ६ महिनाको समयअवधि दिइएकोछ । कोभिड प्राभवका कारण दुई महिनाको भाडा नलिने भन्दै छुट समेत दिएपछि सहमति भयो ।’
श्रेष्ठका अनुसार गत वर्षपनि समितिले सटर व्यवसायीहरुलाई २ महिनाको भाडा छुट गरेको थियो । उनले अगाडी थपे –‘आज (बिहीबार) राती १० बजेदेखि भेरी अस्पतालका सबै सटर खाली भए ।’

परिर्वतन क्रमिकरुपमा हुन्छ : श्रेष्ठ

भेरी अस्पताल विकास समितिका सदस्य तथा भौतिक पूर्वाधार एवम सम्पत्ती संरक्षण समितिका संयोजक समेत रहेका कृष्णप्रसाद श्रेष्ठले परिर्वतन क्रमिकरुपमा हुने बताए ।

उनले भने–‘अस्पताल विकास समितिमा हामी आएदेखि समग्र अस्पतालको विकास र सुधारमा अहोरात्र खटिरहेकाछौं । सबैको साथ र सहयोग प्राप्त भइरहेकोछ । यो पनि एउटा उपलब्धी हो ।’
‘लामो समयदेखि अस्पताभित्रको काम गर्ने शैली, आयस्रोत ब्यवस्थापन र हिसाबकिताब पारदर्शी हुन नसकेको जनगुनासो सुनिदै आएको छ, हामीले पनि यो महसुस गरेकाछौं’ श्रेष्ठले अगाडी थपे–‘अस्पतालका सटरबाट प्राप्त आयस्रोतको हरहिसाबकिताब पारदर्शी छैन । यो तर्फपनि हाम्रो ध्यायन छ । क्रमिकरुपमा परिर्वतन हुन्छ ।’

उनले भने अस्पताललाई व्यवस्थित बनाउन सबैभन्दा पहिले अस्पतालको आयस्रोतलाई व्यवस्थित गर्ने र आर्थिक पाटोलाई सफ्टवेयरबाट ब्यवस्थित गर्ने योजनामा छौं । यसले हरहिसाबकिताब ब्यवस्थित गर्नुका साथै पारदर्शी कायम गर्छ ।