१५५८ जनामा कोरोना संक्रमण पुष्टि हुदाँ थप १० जनाको मृत्यु


१५५८ जनामा कोरोना संक्रमण पुष्टि हुदाँ थप १० जनाको मृत्यु

नेपालगन्ज १ असोज : देशभर थप एक हजार ५५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १२ हजार ३८५ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा एक हजार ५५८ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार आठ हजार ६६५ जनाको पिअिसार परीक्षण गर्दा एक हजार ८६ र तीन हजार ७२० जनाको एन्टीजेन परीक्षण गर्दा ४७२ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै देशभर थप एक हजार ३५१ जना संक्रमित निको भई डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा १० जना संक्रमितको मृत्यु भएको छ ।

Kids Festival 2022
kanti aarogya hospital

देशभर २५ हजार ४९७ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । तीमध्ये २३ हजार ९५० होम आइसोलेसनमा रहेका छन् । संस्थागत आइसोलेसनमा एक हजार ५४७ संक्रमित छन् भने ३८६ जना आइसियुमा र ११७ जनाको भेन्टिलेटरमा राखि उपचार भईरहेको छ । देशभर २२६ जना क्वारेन्टिनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।