खाली गरिएका भेरीका सटर फुटाउन सुरु


खाली गरिएका भेरीका सटर फुटाउन सुरु

खाली गरिएका भेरी अस्पतालका सटर भत्काइदैँ । तस्विर सौजयन्य : शुक्रऋषी चौलागाई

नेपालगन्ज १ असोज : व्यवसायीक प्रयोजनका लागि दिइएको भेरी अस्पतालका सटरहरु भत्काउन सुरु गरिएकोछ ।

लामो समयदेखि सटर खाली गर्ने विषयमा विवाद हुदैँ आएपछि बिहीबार भेरी अस्पताल विकास समिति र ब्यवसायीबीच भएको सहमति पश्चात उक्त सटर भत्काउन सुरु गरिएको हो ।

भेरी अस्तपालका सटरहरु खाली भएसंगै अब ती सटर भएका भवन भत्काएर त्यहाँ पर्खाल लगाइनेछ । व्यवसायिक प्रयोजनका लागि दिइएको ती सटरहरु अस्पताल विकास समितिको अग्रसरतामा खाली गरिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत वर्ष भेरी अस्पताललाई विशिष्टिकृत अस्पतालको रुपमा घोषणा गरेपछि अस्पताल विकास समितिलाई सटर खाली गराउन दबाब बढेको थियो । यही कारण समितिले बिहीबार सटर खाली गराउन बल समेत प्रयोग गरेको थियो ।

Kids Festival 2022
kanti aarogya hospital
add

व्यवसायिक प्रयोजनका लागि अस्पतालका ३४ वटा सटरहरु भाडामा दिइएको थियो । ती सटरमा मेडिकल स्टोर, ल्याव, होटल तथा किराना पसल सञ्चालन हुदैँ आएका थिए । अस्पतालका ती सटरको मासिक भाडा न्यूनतम १० हजारदेखि एक लाखसम्म रहेको थियो ।

भेरी अस्पताल विकास समितिका सदस्य तथा भौतिक पूर्वाधार एवम सम्पत्ती संरक्षण समितिका संयोजक समेत रहेका कृष्णप्रसाद श्रेष्ठले लामो प्रयास र भाडामा लिएका ब्यवसायीबीच भएको सहमतिले सटर खाली गराउन सफल भएपछि सटर भएको भवन भत्काउन सुरु गरिएको बताए ।

उनले भने रेडक्रस सोसाईटी रहेको भवनपनि भत्काइनेछ । तर, त्यो भन्दा पहिले सडकसंग जोडिएका यी सबै सटरवाला भवन भत्काइनेछ ।

सटर खाली गर्ने विषय अघि बढेपछि व्यवसायी र अस्पतालबीच विवाद समेत चुलिदैँ गएको थियो । उनले भने–‘२०६५ सालदेखि प्रयास भएपनि समितिको प्रयासले केही असन्तुष्ट ब्यवसायीसंग गरिएको भद्र छलफ र सहमतिबाट यो सम्भव भएको हो । सटर भएको भवन भत्काउन सुरु गरेका छौं । लगत्तै यहाँ पर्खाल निर्माण सुरु हुन्छ ।’

बिहीबार अस्पतालका सटरहरु खाली गराउने क्रममा समितिले बल प्रयोग गरेपछि समिति र सटर व्यवसायीबीच सहमति भएको समितिका सदस्य तथा भौतिक पूर्वाधार एवम सम्पत्ती संरक्षण समितिका संयोजक श्रेष्ठले भने–‘भाडा बुझाउन बाँकी रहेका ब्यवसायीलाई ६ महिनाको समयअवधि दिने सहमति हुनुका साथै कोभिड प्राभवका कारण दुई महिनाको भाडा छुट दिएपछि सहमति भयो ।’ उनले अगाडी थपे–‘यही सहमतिले आज सटर फोड्ने काम थालनी ग¥यौं ।’

श्रेष्ठका अनुसार गत वर्षपनि समितिले सटर व्यवसायीहरुलाई २ महिनाको भाडा छुट गरेको थियो ।

उनले भने–‘अस्पताल विकास समितिले समग्र अस्पतालको विकास र सुधारमा क्रमिकरपमा काम गरिरहेकोछ । कोभिड कहर होस् वा गुणस्तरीय सेवा प्रवाहमा समितिले तदारुक्ता देखाइरहेकोछ । यसमा सबैको साथ र सहयोग प्राप्त भइरहेकोछ । यो पनि एउटा उपलब्धी हो ।’

उनले भने–‘अब यहाँ ठूलो लगानीका साथ अस्पतालमा पूर्वाधार निर्माण गरिनेछ । २६० बेडको भवन निर्माणका लागि आवश्यक पहल सुरु भइसकेकोले त्यसका लागि पनि यो महत्वपूण रहेकोछ ।’ सटर भत्काएर पर्खाल लगाउने भएकाले यसले अस्पतालको सौन्दर्यता बढाउनुका साथै अस्पतालको भौतिक संरचनामा नयाँ आयाम आउने श्रेष्ठले बताए ।