नेपालमा अहिलेसम्म कति खोप भित्रिए ? कतिले लगाए ?


नेपालमा अहिलेसम्म कति खोप भित्रिए ? कतिले लगाए ?

नेपालगन्ज २ असोज : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा अहिलेसम्म एक करोड ७७ लाख ५८ हजार ७१० डोज खोप भित्रिएका छन् ।

यसमा २४ लाख ४८ हजार डोज कोभिशिल्ड, १९ लाख ७५ हजार ८६० डोज एस्ट्रेजेनेका, १५ लाख ३४ हजार ८५० डोज जोन्सन एण्ड जोन्सन र १ करोड १८ लाख डोज भेरोसेल खोप छन् ।

एक करोड भेरोसेल र १० लाख कोभिशिल्ड खरिद गरिएको हो । भारतसँग खरिद गरिएको १० लाख खोप अझैँ आएको छैन । बाँकी खोप अनुदानमा आएको हो । चीनले अनुदानमा दिने घोषणा गरेको १६ लाख खोप पनि आउन बाँकी छ ।

मन्त्रालयका अनुसार नेपालमा पूर्ण खोप पाउनेको संख्या ५५ लाख ७ हजार ३८० पुगेको छ । उनीहरुमध्ये १४ लाख १५० जनाले एक डोज मात्रै लगाए पुग्ने जोन्सन एण्ड जोन्सन खोप लगाएका छन् ।

Kids Festival 2022
kanti aarogya hospital
add

मनाङ र मुस्ताङमा १८ वर्षभन्दा माथि उमेर समूहका सबै नागरिकले खोप पाइसकेकाछन् । यस्तै पहिलो डोज लगाएका र दोस्रो डोज खोपको पर्खाइमा १९ लाख ७५ हजार ८९४ जना नागरिक छन् ।

यसैबीच चीनबाट ल्याइएको खोप आगामी असोज ४ गतेदेखि १४ गतेसम्म लगाइने भएकोछ । यसका लागि चीनबाट आइपुगेको खोपको कभरेज दर हेरेर वितरण गर्न लागिएको स्वास्थ्य सेवा विभागको खोप महाशाखाले जनाएकोछ ।

खोप महाशाखाका अनुसार हिमाली १० जिल्लाका १८ वर्षभन्दा माथिका सबै नागरिकलाई खोप दिने योजना बनाइएको छ । १० हिमाली जिल्लामा ताप्लेजुङ, सोलुखुम्बु, रसुवा, संखुवासभा, मुगु, रसुवा, जुम्ला, हुल्ला, डोल्पा, बाजुरा र दार्चुला पर्छन् ।

त्यस्तै काभ्रे र चितवनका ३५ वर्षभन्दा माथि उमेर समूहका सबै नागरिकलाई खोप दिइनेछ । भने काठमाडौं, भक्तपुर, ललितपुर, मकवानपुर, रामेछाप, सर्लाही र अछाममा ४० वर्षभन्दा माथिका सबै नागरिकलाई खोप दिइने लक्ष्य मन्त्रालयको छ ।

यही अवधिमा १८ वर्षभन्दा माथिका खोप लगाउन छुटेका विद्यार्थी, फ्रन्टलाइनमा खटिएका, अतिआवश्यक सेवा, शिक्षक, पर्यटक क्षेत्रका नागरिकलाई समेत खोप दिने योजना रहेको छ । भने अरु ५५ जिल्लाको हकमा ४५ वर्षमाथिका सबै नागरिकलाई खोप दिइनेछ ।

सरकारले असोज मसान्तसम्म देशको एकतिहाइ जनसंख्या र चैत मसान्तसम्म १८ वर्षमाथिका नागरिकलाई खोप लगाइसक्ने लक्ष्य राखेको छ ।