क्यान्सर अस्पताल खजुरामा पहिलो पटक मुटुरोग उपचार शिबिर


क्यान्सर अस्पताल खजुरामा पहिलो पटक मुटुरोग उपचार शिबिर

मुटुरोग उपचार शिबिरमा विरामीको स्वास्थ्य जाँच गर्दै चिकित्सक । तस्विर सौजन्य : कृष्ण अधिकारी

नेपालगन्ज २ असोज : शुशील कोइराला प्रखर क्यान्सर अस्पतालले मुटुरोगका बिरामीहरुलाई सहज रुपमा उपचार सेवा पुराउने उद्देश्यले शहिद गंगालाल हृदयरोग केन्द्रसंग सहकार्य गरेर पहिलोपटक बाँकेको खजुरामा मुटुरोग उपचार शिबिर सञ्चालन गरेको छ ।

शिबिरमा शहिद गंगालाल हृदयरोग केन्द्रका बरिष्ठ मुटुरोग बिशेषज्ञ डाक्टर कार्तिकेश कुमार ठाकुर डिएम कार्डियोलोजीले बिरामीहरुलाई उपचार सेवा प्रदान गरेका हुन् ।

काठमाण्डौँका बरिष्ठ मुटुरोग बिशेषज्ञ क्यान्सर अस्पतालमा आउने खबर पाएपछि बाँकेको खजुरा लगायत छिमेकी जिल्लाहरुबाट समेत सयौंको संख्यामा बिरामीहरु मुटुरोग शिबिरमा पुगेका थिए ।

क्यान्सर रोगको उपचारका क्रममा दिइने किमो थेरापीका कारण मुटुमा पनि असर पर्ने जोखिम धेरै हुन्छ । किमो थेरापीका कारण बिरामीहरुको मुटुमा परेको असर जाँच गर्नका लागि पनि मुटु शिबिर सञ्चालन गरिएको अस्पतालका कार्यकारी निर्देशक डाक्टर कृष्णप्रसाद आचार्यले बताए ।

Kids Festival 2022
kanti aarogya hospital
add

त्यसैगरी सुर्ति, मदिरा धेरै खाने र ब्यायाम नगर्ने ब्यक्तिहरुमा पनि मुटुरोग सम्बन्धी समस्या धेरै हुन्छ ।

मुटुरोगका बिरामीका लागि लक्षित गरेर सञ्चालन गरिएको एक दिने मुटुरोग शिबिरमा एक सय ५० जना बिरामीहरुको निःशुल्क मुटुको चेकजाँच गरिएको छ ।

त्यसै गरी मुटुरोगका पुराना बिरामीहरुका लागि ५० प्रशित छुटमा इको चेक गरिएको छ ।

सरकारी अस्पतालहरुमा मुटुका बिरामीहरुको इको जाँच गर्दा १७ सय शुल्क लाग्छ । निजी अस्पतालहरुको इको जाँचको ३ हजारसम्म शुल्क लिन्छन् । मुटुरोग शिबिरमा ८ सय ५० मा बिशेषज्ञ चिकित्सकबाट इको जाँच गरिएको छ ।

क्यान्सर अस्पतालमा बिशेषज्ञ चिकित्सक नभएका कारण क्यान्सरसंग सम्बन्धित बिभिन्न रोगका बिरामीहरुलाई सहज रुपमा उपचार सेवा प्रदान गर्ने उद्देश्यले क्यान्सर अस्पतालले काठमाण्डौंका बिभिन्न अस्पतालहरुसंग सहकार्य गरेर बिरामीहरुलाई उपचार सेवा प्रदान गर्दै आएको छ ।