१०६६ जनामा कोरोना संक्रमण, १६ जनाको मृत्यु


१०६६ जनामा कोरोना संक्रमण, १६ जनाको मृत्यु

नेपालगन्ज २ असोज : देशभर थप एक हजार ६६ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएको ८ हजार ५४० पीसीआर र २ हजार ८१८ जनाको एन्टीजेन परीक्षणका क्रममा एक हजार ६६ जनामा संक्रमण पुष्टि भएको हो ।

यो सँगै कुल संक्रमितको संख्या ७ लाख ८३ हजार ९१० पुगेको छ । कुल संक्रमितमध्ये २५ हजार ८२ सक्रिय संक्रमित छन् । पछिल्लो २४ घण्टामा थप एक हजार २३४ जना संक्रमित निको भएका छन् । यो सँगै देशभर निको हुनेको संख्या ७ लाख ४७ हजार ८०० पुगेको छ ।

उक्त अवधिमा १६ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार २८ पुगेको छ ।

Kids Festival 2022
kanti aarogya hospital

हाल २३ हजार ६३६ जना होम आइसोलेसन र १ हजार ४४६ जना संस्थागत आइसोलेसनमा छन् । २४६ जना क्वारेन्टिन, ३८९ जना आइसीयू र १२१ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।