७३४ जना थपिँदा १२ जनाको मृत्यु


७३४ जना थपिँदा १२ जनाको मृत्यु

नेपालगन्ज ३ असोज : देशभर ७३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १० हजार १३ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा ७३४ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार सात हजार ३०४ जनाको पीसिआर परीक्षण गर्दा ६५६ र दुई हजार ७०९ जनाको एन्टीजेन परीक्षण गर्दा ७८ जनामा संक्रमण पुष्टि भएको हो ।

देशभर एक हजार ४१३ जना संक्रमित निको भई डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा १० एक जना संक्रमितको मृत्यु भएको छ ।

देशभर २४ हजार ३१३ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । तीमध्ये २२ हजार ८६४ होम आइसोलेसनमा रहेका छन् ।

Kids Festival 2022
kanti aarogya hospital
add

संस्थागत आइसोलेसनमा एक हजार ४४९ संक्रमित छन् भने ३९० जना आइसियुमा र ११७ जनाको भेन्टिलेटरमा राखि उपचार भईरहेको छ । देशभर २४८ जना क्वारेन्टिनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैबीच, पछिल्लो २४ घण्टामा देशभर २१ हजार ३६० जनाले कोरोना विरुद्धको खोप लगाउका छन् ।