नेपालगन्ज ७ असोज : देशभर थप एक हजार २३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १५ हजार २४३ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा एक हजार २३९ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार ११ हजार ६२९ जनाको पीसिआर परीक्षण गर्दा ९४१ र तीन हजार ६४१ जनाको एन्टीजेन परीक्षण गर्दा २९८ जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै देशभर थप एक हजार ३२४ जना संक्रमित निको भई डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा १३ एक जना संक्रमितको मृत्यु भएको छ ।
देशभर २० हजार ७४३ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । तीमध्ये १९ हजार ४३७ होम आइसोलेसनमा रहेका छन् । संस्थागत आइसोलेसनमा एक हजार ३०६ संक्रमित छन् भने ३४० जना आइसियुमा र १११ जनाको भेन्टिलेटरमा राखि उपचार भईरहेको छ । देशभर २४६ जना क्वारेन्टिनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यसैगरी, पछिल्लो २४ घण्टामा देशभर एक लाख ३८ हजार ३८५ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?