१२३९ जनामा कोरोना पुष्टि हुँदा १३२४ जनाले कोरोना जिते


१२३९ जनामा कोरोना पुष्टि हुँदा १३२४ जनाले कोरोना जिते

नेपालगन्ज ७ असोज : देशभर थप एक हजार २३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १५ हजार २४३ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा एक हजार २३९ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार ११ हजार ६२९ जनाको पीसिआर परीक्षण गर्दा ९४१ र तीन हजार ६४१ जनाको एन्टीजेन परीक्षण गर्दा २९८ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै देशभर थप एक हजार ३२४ जना संक्रमित निको भई डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा १३ एक जना संक्रमितको मृत्यु भएको छ ।

देशभर २० हजार ७४३ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । तीमध्ये १९ हजार ४३७ होम आइसोलेसनमा रहेका छन् । संस्थागत आइसोलेसनमा एक हजार ३०६ संक्रमित छन् भने ३४० जना आइसियुमा र १११ जनाको भेन्टिलेटरमा राखि उपचार भईरहेको छ । देशभर २४६ जना क्वारेन्टिनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Kanti Aarogya Hospital Nepalgunj

त्यसैगरी, पछिल्लो २४ घण्टामा देशभर एक लाख ३८ हजार ३८५ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।