File Photo
नेपालगन्ज ८ असोज : भेरी अस्पताल नेपालगन्जमा उपचाररत एक बृद्धको मृत्यु भएकोछ । कोरोना संक्रमण भई लामो समयदेखि भेरी अस्पतालको कोभिड वार्डमा उपचाररत ती बृद्धको मृत्यु भएको हो ।
जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र बाँकेका अनुसार दाङका ६७ वर्षिय बृद्धको उपचारका क्रममा मृत्यु भएको हो ।
नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा गत भदौं १९ गते पीसिआर परीक्षण गर्दा उनलाई कोरोना पुष्टी भएको थियो । त्यसपछि उनलाई भदौं २२ गते भेरी अस्पतालमा ल्याएर भर्ना गरिएको थियो ।
उपचार गर्दा पनि स्वास्थ्यमा कुनै सुधार नआएपछि बिहीबार राति साढे ११ बजे मृत्यु भएको कोभिड फोकल पर्सन तेज ओलीले जानकारी दिए ।
यो सँगै बाँकेमा उपचारका लागि आएका ४ सय १६ जना र बाँकेका मात्रै ३ सय ३३ जना गरि कुल ७४९ जनाको मृत्यु भइसकेको छ ।
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?