भेरीमा उपचाररत कोरोना संक्रमित बृद्धको मृत्यु


भेरीमा उपचाररत कोरोना संक्रमित बृद्धको मृत्यु

File Photo

नेपालगन्ज ८ असोज : भेरी अस्पताल नेपालगन्जमा उपचाररत एक बृद्धको मृत्यु भएकोछ । कोरोना संक्रमण भई लामो समयदेखि भेरी अस्पतालको कोभिड वार्डमा उपचाररत ती बृद्धको मृत्यु भएको हो ।

जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र बाँकेका अनुसार दाङका ६७ वर्षिय बृद्धको उपचारका क्रममा मृत्यु भएको हो ।

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा गत भदौं १९ गते पीसिआर परीक्षण गर्दा उनलाई कोरोना पुष्टी भएको थियो । त्यसपछि उनलाई भदौं २२ गते भेरी अस्पतालमा ल्याएर भर्ना गरिएको थियो ।

उपचार गर्दा पनि स्वास्थ्यमा कुनै सुधार नआएपछि बिहीबार राति साढे ११ बजे मृत्यु भएको कोभिड फोकल पर्सन तेज ओलीले जानकारी दिए ।

Kanti Aarogya Hospital Nepalgunj

यो सँगै बाँकेमा उपचारका लागि आएका ४ सय १६ जना र बाँकेका मात्रै ३ सय ३३ जना गरि कुल ७४९ जनाको मृत्यु भइसकेको छ ।