नेपालगन्ज ८ असोज : देशभर थप एक हजार ४७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १५ हजार ६९० जनाको पीसिआर र एन्टीजेन परीक्षणमा एक हजार ४७६जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार १० हजार ५७५ जनाको पीसिआर परीक्षण गर्दा एक हजार १०३ र पाँच हजार ११५ जनाको एन्टीजेन परीक्षण गर्दा ३७३ जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै मन्त्रालयका अनुसार देशभर थप एक हजार ५५० जना संक्रमित निको भई डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा नौ जना संक्रमितको मृत्यु भएको छ ।
देशभर २० हजार २८७ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । तीमध्ये १८ हजार ९६९ होम आइसोलेसनमा रहेका छन् । संस्थागत आइसोलेसनमा एक हजार ३१८ संक्रमित छन् भने ३४६ जना आइसियुमा र १०५ जनाको भेन्टिलेटरमा राखि उपचार भईरहेको छ । देशभर २४४ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यसबीच मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर थप एक लाख ७२ हजार ५९० जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।