दशैंमा घर फर्किनेहरूको कोरोना जाँच गर्न आग्रह


दशैंमा घर फर्किनेहरूको कोरोना जाँच गर्न आग्रह

नेपालगन्ज ९ असोज : दशैंमा घर फर्किनेहरुको कोरोना जाँच गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेकोछ ।

दशैं सहितका मुख्य चाडलाई लक्षित गरी विदेशबाट नेपाल आउने नेपालीको कोरोना (एन्टिजेन) परीक्षण गर्न मन्त्रालयले आग्रह गरेको हो ।

मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सबै प्रदेशका सामाजिक विकास एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, देशभरका सबै हेल्थ डेस्क, नगर तथा गाउँपालिका, स्वास्थ्य कार्यालय र स्वास्थ्य निर्देशनालाई पत्र लेख्दै सीमा नाका वा समुदायमा एन्टिजेन परीक्षणको व्यवस्था गर्न भनेको छ ।

कोभिड–१९ महामारीको वर्तमान सन्दर्भमा जोखिम अवस्था कायमै रहेको र चाडवाडहरुलाई समेत मध्यनजर गर्दै विदेशबाट नेपाल प्रवेश गर्ने यात्रुहरुको सकेसम्म सीमा नाकाका हेल्थ डेस्कहरुमै एन्टिजेन परीक्षण गर्न आग्रह गरिएकोछ ।

Kanti Aarogya Hospital Nepalgunj

यस्तै, सीमा नाकाका हेल्थ डेस्कमा छुटेकाहरुको समुदायमा तथा देश भित्रकै उच्च जोखिम क्षेत्रहरुबाट आएका यात्रुहरुको पनि समुदायमा एन्टिजेन परीक्षणको व्यवस्था मिलाउन पनि पत्रमा भनिएको छ ।

यसका लागि मन्त्रालय अन्र्तगत महाशाखाले पत्र पठाएर एन्टिजेन परीक्षणबाट पोजेटिभ देखिएका केसहरुको उचित व्यवस्थापन गर्न पनि भनिएको छ ।