नेपालगन्ज ९ असोज : दशैंमा घर फर्किनेहरुको कोरोना जाँच गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेकोछ ।
दशैं सहितका मुख्य चाडलाई लक्षित गरी विदेशबाट नेपाल आउने नेपालीको कोरोना (एन्टिजेन) परीक्षण गर्न मन्त्रालयले आग्रह गरेको हो ।
मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सबै प्रदेशका सामाजिक विकास एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, देशभरका सबै हेल्थ डेस्क, नगर तथा गाउँपालिका, स्वास्थ्य कार्यालय र स्वास्थ्य निर्देशनालाई पत्र लेख्दै सीमा नाका वा समुदायमा एन्टिजेन परीक्षणको व्यवस्था गर्न भनेको छ ।
कोभिड–१९ महामारीको वर्तमान सन्दर्भमा जोखिम अवस्था कायमै रहेको र चाडवाडहरुलाई समेत मध्यनजर गर्दै विदेशबाट नेपाल प्रवेश गर्ने यात्रुहरुको सकेसम्म सीमा नाकाका हेल्थ डेस्कहरुमै एन्टिजेन परीक्षण गर्न आग्रह गरिएकोछ ।
यस्तै, सीमा नाकाका हेल्थ डेस्कमा छुटेकाहरुको समुदायमा तथा देश भित्रकै उच्च जोखिम क्षेत्रहरुबाट आएका यात्रुहरुको पनि समुदायमा एन्टिजेन परीक्षणको व्यवस्था मिलाउन पनि पत्रमा भनिएको छ ।
यसका लागि मन्त्रालय अन्र्तगत महाशाखाले पत्र पठाएर एन्टिजेन परीक्षणबाट पोजेटिभ देखिएका केसहरुको उचित व्यवस्थापन गर्न पनि भनिएको छ ।
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?