नेपालगन्ज ९ असोज : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट थप एक हजार ३७१ जना संक्रमण मुक्त भएका हुन् ।
योसँगै नेपालमा कोरोना भाइरस संक्रमण भइ निको हुनेको सङ्ख्या सात लाख ५९ हजार ८७५ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा देशभर थप ९५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयले दिएको जानकारीअनुसार देशका विभिन्न प्रयोगशालाहरुमा सात हजार ५० जनाको पीसीआर र तीन हजार ५२९ जनाको एन्टिजेन परीक्षणमा ९५३ जनामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार हाल देशभर १९ हजार ७०० जना सक्रिय संक्रमित रहेका छन् । गत २४ घण्टामा कोरोना संक्रमणका कारण नेपालमा ६ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ८७ पुगेको छ ।