८३४ जनामा कोरोना संक्रमण


८३४ जनामा कोरोना संक्रमण

नेपालगन्ज १० असोज : देशभर थप ८३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १३ हजार ७३६ जनाको पीसिआर र एन्टीजेन परीक्षणमा ८३४ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार आठ हजार ५८९ जनाको पीसिआर परीक्षण गर्दा ७३० र पाँच हजार १४७ जनाको एन्टीजेन परीक्षण गर्दा १०४ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै देशभर थप एक हजार २७९ जना संक्रमित निको भई डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा नौ जना संक्रमितको मृत्यु भएको छ ।

देशभर १९ हजार १४२ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । तीमध्ये १७ हजार ८१३ होम आइसोलेसनमा रहेका छन् । संस्थागत आइसोलेसनमा एक हजार ३२९ संक्रमित छन् भने ३६८ जना आइसियुमा र १२० जनाको भेन्टिलेटरमा राखि उपचार भईरहेको छ । देशभर २३० जना क्वारेन्टिनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Kanti Aarogya Hospital Nepalgunj

त्यसैगरी, पछिल्लो २४ घण्टामा देशभर एक लाख २ हजार ३०१ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।