नेपालगन्ज १० असोज : नेपाली काँग्रेसका महामन्त्री पूर्णबहादुर खड्का दम्पतीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
खड्काले आईतबार सामाजिक सञ्जाल ट्विटरमा स्टाटस लेख्दै आफूहरू कोरोना पोजिटिभ भएको जानकारी गराएका हुन् ।
दुई दिनअघिदेखि ज्वरो–खोकीको समस्यामा रहेका उनले आज(१०) गते परीक्षण गराएको जनाएका छन् । ‘८ गते ४ बजेदेखि ज्वरो, खोकी सुरु भएको, आज १० गते एन्टिजन र पीसीआर परीक्षण गराउँदा दुवैमा पोजिटिभ,’ उनले अगाडी लेख्छन्, ‘धेरै सतर्कताका बाबजुद अन्ततः कोभिडले घेरि छोड्यो । मेरो सम्पर्कमा रहनुभएका सबैमा सतर्कताको लागि अनुरोध ।’
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?