नेपालगन्ज १० असोज : नेपाली काँग्रेसका महामन्त्री पूर्णबहादुर खड्का दम्पतीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
खड्काले आईतबार सामाजिक सञ्जाल ट्विटरमा स्टाटस लेख्दै आफूहरू कोरोना पोजिटिभ भएको जानकारी गराएका हुन् ।
दुई दिनअघिदेखि ज्वरो–खोकीको समस्यामा रहेका उनले आज(१०) गते परीक्षण गराएको जनाएका छन् । ‘८ गते ४ बजेदेखि ज्वरो, खोकी सुरु भएको, आज १० गते एन्टिजन र पीसीआर परीक्षण गराउँदा दुवैमा पोजिटिभ,’ उनले अगाडी लेख्छन्, ‘धेरै सतर्कताका बाबजुद अन्ततः कोभिडले घेरि छोड्यो । मेरो सम्पर्कमा रहनुभएका सबैमा सतर्कताको लागि अनुरोध ।’