नेपालगन्ज ११ असोज : देशभर थप १२८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १५ हजार ४८८ जनाको पीसिआर र एन्टीजेन परीक्षणमा एक हजार २८२ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार १२ हजार ८१ जनाको पीसिआर परीक्षण गर्दा ९७५ र तीन हजार ४०७ जनाको एन्टीजेन परीक्षण गर्दा ३०७ जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै यही समयमा देशभर थप १२६२ जना संक्रमित निको भई डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा सात जना संक्रमितको मृत्यु भएको छ ।
देशभर १८ हजार ८४८जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । तीमध्ये १७ हजार ५३५ होम आइसोलेसनमा रहेका छन् । संस्थागत आइसोलेसनमा एक हजार ३१३ संक्रमित छन्, भने ३८५ जना आइसियुमा र १२५ जनाको भेन्टिलेटरमा राखि उपचार भईरहेको छ । देशभर २५६ जना क्वारेन्टिनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर थप एक लाख १२ हजार ८७४ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।