नेपालगन्ज १२ असोज : कोरोना संक्रमणबाट बाँकेका थप एक पुरुषको मृत्यु भएकोछ । कोरोना संक्रमण भइ भेरी अस्पताल नेपालगन्जमा उपचाररत बाँके बैजनाथ गाउँपालिकाका ४० वर्षीय पुरुषको मृत्यु भएको हो ।
बैजनाथ गाउँपालिका वडा नम्बर–६ निवासी ४० वर्षीय पुरुषको सोमबार बेलुकी ७ बजेर ३० मिनेटमा मृत्यु भएको हो । भेरी अस्पतालमा यही असोज ९ गते पीसिआर परीक्षण गर्दा उनलाई कोरोना पुष्टी भएको थियो ।
सोही दिन अस्पतालमा भर्ना भएका ति पुरुषको स्वास्थ्यमा कुनै सुधार नभएपछि उपचारका क्रममा मृत्यु भएको हो । यो सँगै बाँकेका ३ सय ३५ र बाहिरी जिल्लाका ४ सय १९ जनाको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ ।
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?