कोरोनाबाट बाँकेका एक पुरुषको मृत्यु


कोरोनाबाट बाँकेका एक पुरुषको मृत्यु

नेपालगन्ज १२ असोज : कोरोना संक्रमणबाट बाँकेका थप एक पुरुषको मृत्यु भएकोछ । कोरोना संक्रमण भइ भेरी अस्पताल नेपालगन्जमा उपचाररत बाँके बैजनाथ गाउँपालिकाका ४० वर्षीय पुरुषको मृत्यु भएको हो ।

बैजनाथ गाउँपालिका वडा नम्बर–६ निवासी ४० वर्षीय पुरुषको सोमबार बेलुकी ७ बजेर ३० मिनेटमा मृत्यु भएको हो । भेरी अस्पतालमा यही असोज ९ गते पीसिआर परीक्षण गर्दा उनलाई कोरोना पुष्टी भएको थियो ।

Kanti Aarogya Hospital Nepalgunj

सोही दिन अस्पतालमा भर्ना भएका ति पुरुषको स्वास्थ्यमा कुनै सुधार नभएपछि उपचारका क्रममा मृत्यु भएको हो । यो सँगै बाँकेका ३ सय ३५ र बाहिरी जिल्लाका ४ सय १९ जनाको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ ।