नेपालगन्ज १२ असोज : सरकारले राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमको मिति परिवर्तन गरेको छ । दशैंका कारण कात्तिक २ र ३ गतेका लागि तय भएको कार्यक्रमको मिति सारिएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अब कात्तिक ७ र ८ गते भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन हुने छ । उक्त कार्यक्रम अन्तर्गत बालबालिकालाई भिटामिन ‘ए’ खुवाउनुका साथै जुकाको औषधि र बालभिटा समेत दिइन्छ ।
स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाको सिफारिस अनुसार सचिवस्तरीय निर्णयबाट नयाँ मिति तय भएको हो । मिति परिवर्तन भएको जानकारी सबै ७५३ वटै स्थानीय तहलाई गराइएको छ । भिटामिन ‘ए’ कार्यक्रमका लागि सहजिकरण गरिदिन मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई अनुरोध पनि गरेको छ ।
राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तरगर्त सरकारले ६ देखि ५९ महिनाका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल, १ देखि ५ बर्षसम्मका बालबालिकालाई जुकाको औषधि र ६ देखि २३ महिनाका बालबालिकाहरुलाई बहुसुक्ष्म पोषक तत्व बालभिटा कार्यक्रम लागू भएका जिल्लाहरुमा वितरण गर्दै आएको छ ।
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?