नेपालगन्ज १२ असोज : देशभर थप एक हजार १५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १४ हजार ३ जनाको पीसिआर र एन्टीजेन परीक्षणमा एक हजार २८२ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार ११ हजार ६७२ जनाको पीसिआर परीक्षण गर्दा ९०४ र दुई हजार ३३१ जनाको एन्टीजेन परीक्षण गर्दा २५४ जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै देशभर थप एक हजार ३१८ जना संक्रमित निको भई डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा १२ जना संक्रमितको मृत्यु भएको छ ।
देशभर १८ हजार ८२२ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । तीमध्ये १७ हजार १२५ होम आइसोलेसनमा रहेका छन् । संस्थागत आइसोलेसनमा एक हजार २९७ संक्रमित छन् भने ३६४ जना आइसियुमा र १२० जनाको भेन्टिलेटरमा राखि उपचार भईरहेको छ । देशभर ३२८ जना क्वारेन्टिनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यसैबीच, पछिल्लो २४ घण्टामा देशभर दुई लाख ८ हजार ९० जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?