देशभर थप ११५८ जनामा कोरोना संक्रमण


देशभर थप ११५८ जनामा कोरोना संक्रमण

नेपालगन्ज १२ असोज : देशभर थप एक हजार १५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १४ हजार ३ जनाको पीसिआर र एन्टीजेन परीक्षणमा एक हजार २८२ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार ११ हजार ६७२ जनाको पीसिआर परीक्षण गर्दा ९०४ र दुई हजार ३३१ जनाको एन्टीजेन परीक्षण गर्दा २५४ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै देशभर थप एक हजार ३१८ जना संक्रमित निको भई डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा १२ जना संक्रमितको मृत्यु भएको छ ।

देशभर १८ हजार ८२२ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । तीमध्ये १७ हजार १२५ होम आइसोलेसनमा रहेका छन् । संस्थागत आइसोलेसनमा एक हजार २९७ संक्रमित छन् भने ३६४ जना आइसियुमा र १२० जनाको भेन्टिलेटरमा राखि उपचार भईरहेको छ । देशभर ३२८ जना क्वारेन्टिनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Kanti Aarogya Hospital Nepalgunj

यसैबीच, पछिल्लो २४ घण्टामा देशभर दुई लाख ८ हजार ९० जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।