नेपालगन्ज १३ असोजः आज २२ औं विश्व मुटु दिवस । दिवसका अवसरमा नेपालगन्जसहित देशभर विविध कार्यक्रमको आयोजना गरि दिवस मनाइदैछ ।
दिवसकै अवसरमा नेपालगन्ज साइक्लिङ क्लबको आयोजना तथा क्रियटिभ ह्याण्ड्सको सहकार्यमा साइकल ¥यालि निकालिएको थियो । भेरी अस्पतालबाट सुरु भएको साइकल ¥याली नगर परिकर्मा गरि औद्योगिक क्षेत्र नजिक रहेको नेसनल प्याथ ल्याब नजिक पुगेर समापन भएको थियो ।
दिवसकै अवसरमा नेपालगन्ज साइक्लिङ क्लबको आयोजना तथा क्रियटिभ ह्याण्ड्सको सहकार्यमा आयोजित कार्यक्रममा भेरी अस्पतालका मुटुरोग विशेषज्ञ डाक्टर कृष्ण अधिकारीले खानपानमा ध्यान नदिँदा पछिल्लो समय मुटुरोगीको समस्या बढ्दै गएको बताए । मुटु स्वस्थ राख्न दैनिक नियमित ३० मिनेट व्यायाम जरुरी रहेको बताउँदै साइक्लिङले शाररीक मात्र नभइ मानसिक रुपमा पनि स्वस्थ रहन मद्दत पुग्ने बताए ।
मुटु दिवसको अवसरमा नेसनल प्याथ ल्याबले मुटुको निःशुल्क चेक जाँच गरेको थियो ।
उक्त कार्यक्रममा भेरी अस्पतालका अस्पताल निमित्त प्रमुख डाक्टर प्रकाश थापा, नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–२ अध्यक्ष सुनिलसिंह हमाल, नेपालगन्ज मेडिकल कलेजका निर्देशक डाक्टर सुरेश कुमार कनोडिया र भेरी अस्पताल सञ्चालक समितिका सदस्य कृष्ण प्रसाद श्रेष्ठ लगाएको सहभागिता थियो ।