नेपालगन्ज १३ असोज : देशभर थप एक हजार १५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १४ हजार ५४१ जनाको पीसिआर र एन्टीजेन परीक्षणमा एक हजार १५७ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार १० हजार ६५२ जनाको पीसिआर परीक्षण गर्दा ८९२ र तीन हजार ८८९ जनाको एन्टीजेन परीक्षण गर्दा २६५ जनामा संक्रमण पुष्टि भएको हो ।
देशभर एक हजार ११३ जना संक्रमित निको भई डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा ८ जना संक्रमितको मृत्यु भएको छ ।
देशभर १८ हजार १९३ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । तीमध्ये १६ हजार ८७८ होम आइसोलेसनमा रहेका छन् । संस्थागत आइसोलेसनमा एक हजार ३१५ संक्रमित छन् भने ३५४ जना आइसियुमा र ९९ जनाको भेन्टिलेटरमा राखि उपचार भईरहेको छ । देशभर २४४ जना क्वारेन्टिनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यसैगरी, पछिल्लो २४ घण्टामा देशभर दुई लाख ८६ हजार १४५ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।