उपमहानगरपालिकाका सरसफाई कर्मचारीलाई सहयोग


उपमहानगरपालिकाका सरसफाई कर्मचारीलाई सहयोग

नेपालगन्ज १३ असोज : नेपालगन्ज उपमहानगरपालिकामा कार्यरत सरसफाइ कर्मचारीलाई सहयोग प्रदान गरिएको छ ।

सुन्दर नेपाल संस्था र नेपाल बिकास समाजको सहयोगमा ६० जना सरसफाइ कर्मचारीलाई प्रतिब्यक्ती २५ किलो चामल, ८ किलो दाल, टोपी, मास्क, ग्लोब्स, प्रिसेट, जुत्ता सहयोग गरिएको छ ।

Kanti Aarogya Hospital Nepalgunj

कोभिड रोकथाम र नियन्त्रणमा अग्र भागमा खटिएका सरसफाइकर्मीलाई सहयोग गरिएको हो । दोश्रो चरणमा अन्य सरसफाइकर्मीलाई पनि सहयोग गरिने छ ।

नेपालगन्ज उपमहानगरपालिकाका सरसफाइ इन्जिनियर प्रकाश डिसी, मेयरका स्वकीय सचिव बिरेन्द्र रावत लगायतले उक्त सहयोग हस्तान्तरण गरे ।