नेपालगन्ज १५ असोज : देशभर थप एक हजार ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १३ हजार ३६८ जनाको पीसिआर र एन्टीजेन परीक्षणमा एक हजार ६६ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार देशभर १० हजार ११३ जनाको पीसिआर परीक्षण गर्दा ८९८ र तीन हजार २५५ जनाको एन्टीजेन परीक्षण गर्दा १६८ जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै आज देशभर थप ९३८ जना संक्रमित निको भई डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा १३ जना संक्रमितको मृत्यु भएको छ ।
देशभर १८ हजार ११५ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । तीमध्ये १६ हजार ८८१ होम आइसोलेसनमा रहेका छन् ।
संस्थागत आइसोलेसनमा एक हजार २३४ संक्रमित छन् भने ३५४ जना आइसियुमा र ११६ जनाको भेन्टिलेटरमा राखि उपचार भईरहेको छ । देशभर २४२ जना क्वारेन्टिनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यसैगरी, पछिल्लो २४ घण्टामा देशभर दुई लाख १७ हजार ३९१ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?