नेपालगन्ज १६ असोज : देशभर थप ८६७ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएको ५ हजार ५९८ पीसीआर र २ हजार ६२१ जनाको एन्टीजेन परीक्षणका क्रममा थप ८६७ जनामा संक्रमण पुष्टि भएको हो ।
यो सँगै कुल संक्रमितको संख्या ७ लाख ९६ हजार ६१८ पुगेको छ । कुल संक्रमितमध्ये १७ हजार ६४२ सक्रिय संक्रमित छन् । भने पछिल्लो २४ घण्टामा थप एक हजार १२३ जना संक्रमित निको भएका छन् । यो सँगै देशभर निको हुनेको संख्या ७ लाख ६७ हजार ८१९ पुगेको छ ।
उक्त अवधिमा ९ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार १५७ पुगेको छ ।
हाल १६ हजार ३७१ जना होम आइसोलेसन र १ हजार २७१ जना संस्थागत आइसोलेसनमा छन्। २३९ जना क्वारेन्टिन, ३५० जना आइसीयू र ११२ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?