देशभर ८६७ जना थपिँदा ९ जनाको मृत्यु


देशभर ८६७ जना थपिँदा ९ जनाको मृत्यु

नेपालगन्ज १६ असोज : देशभर थप ८६७ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएको ५ हजार ५९८ पीसीआर र २ हजार ६२१ जनाको एन्टीजेन परीक्षणका क्रममा थप ८६७ जनामा संक्रमण पुष्टि भएको हो ।

यो सँगै कुल संक्रमितको संख्या ७ लाख ९६ हजार ६१८ पुगेको छ । कुल संक्रमितमध्ये १७ हजार ६४२ सक्रिय संक्रमित छन् । भने पछिल्लो २४ घण्टामा थप एक हजार १२३ जना संक्रमित निको भएका छन् । यो सँगै देशभर निको हुनेको संख्या ७ लाख ६७ हजार ८१९ पुगेको छ ।

उक्त अवधिमा ९ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार १५७ पुगेको छ ।

Kanti Aarogya Hospital Nepalgunj

हाल १६ हजार ३७१ जना होम आइसोलेसन र १ हजार २७१ जना संस्थागत आइसोलेसनमा छन्। २३९ जना क्वारेन्टिन, ३५० जना आइसीयू र ११२ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।